भिषण हावाहुरीका साथ वर्षा हुँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध
बुधबार, १२ जेठ २०७३, १३ : ५६
रौतहट - भिषण हावाहुरी तथा वर्षाका कारण जिल्लामा लाखौँ मूल्यबरावरको धनमाल क्षति भएको छ ।
आज बिहान ९ः३० बजेदेखि आएएको हावाहुरी र वर्षाले जिल्लाका विभिन्न भागमा ठूलो क्षति पु¥याएको प्रारम्भिक विवरण आइरहेको छ ।
करिब एक घन्टासम्म चलेको भिषण हावाहुरी र वर्षाले गर्दा पूर्व पश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिकादेखि पश्चिमतर्फको जङ्गलमा रुख ढल्दा सवारी आवागमन अवरुद्ध भएको छ ।
सवारी आवागमन अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले रुख हटाई सवारी सुचारु गरेको थियो । सोही राजमार्गअन्तर्गत पूर्वी भेगको बागमती खण्डको सडकमा समेत रुख ढलेर आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
हावाहुरीका कारण आँप, लिची, मकैलगायतका बालीमा ठूलो क्षति पुगेको छ भने पोल्ने अवस्थामा राखिएका इँटा पानीले भिजेर नष्ट भएका छन् ।
त्यस्तै हावाहुरीले चन्द्रपुर नगरक्षेत्रका अधिकांश सर्वसाधारणका फुसका घरका छानासमेत उडाई क्षति पु¥याएको छ ।
वर्षासँगै आएको हावाहुरीले जिल्लाका विभिन्न भागमा रहेका विद्यालयका छानो उडाउँदा आजको पठनपाठन अवरुद्ध भएको छ । हावाहुरीले जिल्लामा लाखौँ मूल्य बराबरको धनमाल क्षति पु¥याएको स्थानीय बासिन्दाले बताएका छन् ।
जिल्लामा हावाहुरीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण