बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुनासो बढेपछि एम्बुलेन्समा कडाई

बुधबार, १२ जेठ २०७३, १४ : २७
बुधबार, १२ जेठ २०७३

इटहरी –एम्वुलेन्सको व्यापक दुरुपयोग भएको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले एम्वुलेन्सको कडाइका साथै अनुगमन गर्ने भएको छ । सुनसरी जिल्लामा सञ्चालित एम्वुलेन्सले मनपरी भाडा असुलेको लगायत जनगुनासो बढेपछि सुनसरी प्रशासनले जेठ ११ गतेबाट एम्वुलेन्सको कडाईका साथै अनुगमन गर्ने भएको हो । धरान स्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिशेष गरी एम्वुलेन्स चालकहरुले बिरामी ल्यान र लाने बिषयमा मनपरी भाडा असुलेको जनगुनासो बढेको थियो । मनपरी भाडा असुलेपछि यस बिषयमा सुनसरी प्रशासनमा उजुरी परेको थियो । जसमा धरान देखी इटहरी सम्म बिरामी ल्याउदा हजार सम्मको शुल्क लिएको बताइएको छ । यसरी मनपरी भाडा असुलेको भन्दै सुनसरी प्रशासनले एम्वुलेन्सको कडा अनुगमन गर्ने र फेरी त्यस्तो कार्य भए एम्वुलेन्स चालक तथा संञ्चालकलाई कडा कारबार्हि गर्ने बताइएको छ । यस्तै एम्वुलेन्समा आबश्यक पर्ने स्वास्थ्य उपकरण छ या छैन त्यसको पनि अनुगमन गरिने छ । एम्वुलेन्स र शवबाहान जस्ता सबारीको स्विकृति दिदा संघ संस्थाको कम्तिमा पनि ३ बर्ष र पोलिक्लिनिकहरुको हकमा ५ बर्षको कार्य सम्पादन स्थिति सन्तोषजनक भएको खण्डमा मात्र स्वीकृति दिइने प्रशासनले निर्णय गरेको छ । साथै एम्वुलेन्स चालकहरुलाई पनि अबका दिनमा प्राथमिक उपचारको तालिम नेपाल रेडक्रस सोसाइटी मार्फत संञ्चालन गर्न रेडक्रसलाई आग्रह गरेको छ । एम्वुलेन्सको बिषयमा व्यापक जनगुनासो आएपछि हामीले यस्तो अभियान संञ्चालन गरेका हौ सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले भने । जनताको प्रत्यक्ष सरोकारको बिषयमा जोडिने हरेक बिषय बस्तुको जिल्ला प्रशासनले राय सल्लाह लिदै आएको बताउदै चापागाईले एम्वुलेन्सको बिषयमा कडाईको साथै नियमित अनुगमन गर्ने बताए । सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप