बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वार्ताका लागि उपेन्द्र यादवको तीन सर्त

बुधबार, १२ जेठ २०७३, १५ : ०५
बुधबार, १२ जेठ २०७३

भैरहवा – राज्यले अहिले पनि औपचरिक रुपमा वार्तमा नबोलाएको असन्तुष्टि जनाउदै संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पत्रिका वार्ताको लागी निकालेको टेण्डरको भरमा वार्तामा नजाने अडान दोहोराएका छन् । भैरहवामा पार्टीले आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै यादवले राज्य गैर जिम्मेवार तरिकाले प्रस्तुत भएको आरोप लगाए ।

‘हामी वार्ताको बिषयमा नकारात्मक छैनौ तर ३६ पटक वार्तामा बसिसक्दा पनि सरकारले चासो देखाएन’ यादवले भने, ‘हामी अहिले पनि वार्तामा बस्न तयार छौं तर ओली सरकारले विश्वासको वातावरण बनाउनु पर्यो ।’ रुपन्देहीको धकधईमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न आएका अध्यक्ष यादवले सबै वार्ताको लागी पहिलो शर्त गठबन्धनका कार्यकर्ता माथि भएको धरपकड बन्द गर्नु पर्ने र थुनामा रहेका कार्यकर्तालाई निशर्त छोडेर ओली सरकारले वार्ताको लागी विश्वासको वातावरण बनाउन आग्रह गरे । यसै गरि राज्य सित यसअघि भएको सम्झौता कार्यान्यवयनको प्रतिबद्धता र त्यसको थालनी गर्ने, र प्रतिगामी संविधान र अधिकार खोसिएकाले हामीले उठाएका मुद्दाहरु समेट्दै संवधान पुनर्लेखन गर्ने प्रतिवद्धता भए मात्र वार्तामा बस्न सकिने उनले बताए । यसै गरि वर्तमान सरकारले स्थानिय निकायको चुनाव घोषणा गरेर संघियता नै धरापमा पारेको उनल आरोप लगाए । स्थानिय निकायको चुनाव संघीय संरचना अनुसार फरक फरक प्रकिृतिको हुन सक्ने भएकोले ओली सरकारले संक्रमणको मौका पारी स्थानिय निकायमा आफ्नो पकड बनाउन खोजेको भनि उनले आरोप लगाए । उनले ओली सरकारले चुनाव गर्ने नसक्ने दावी गरे । शाही कालमा झै पेलेर चुनाव गर्न खोजे आफुहरुले त्यसको शशक्त प्रतिवाद गर्ने पनि उनले बताए । जेठ १५ गते सम्म मात्र काठ्माण्डौ केन्द्रित आन्दोलन रहेको त्यस पछि मौसम अनुकुल आन्दोलनका थप कार्यक्रमहरुको घोषणा गर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप