बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिंहदरबारको फोटो खिच्दा पत्रकार पक्राउः तत्काल रिहा गर्न महासंघको माग

बुधबार, १२ जेठ २०७३, १५ : ४१
बुधबार, १२ जेठ २०७३

काठमाडौँ– नेपाल पत्रकार महासङ्घले समयबोध पत्रिकामा आवद्ध पत्रकार शेषनारायण झालाई पक्राउ गरिएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

सिंहदरबार ढोकाको तस्बीर खिचेको भन्दै प्रहरीले पत्रकार झालाई जेठ १० गते पक्राउ गरेको हो । महासङ्घ एक विज्ञप्ति जारी गर्दै भनेको छ – “तस्बीर खिचेकैभरमा पत्रकारलाई पक्राउ गर्नु र सार्वजनिक अपराधको मुद्दा लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन हो ।” महासङ्घले यस घटनाको निन्दा गर्दै पत्रकार झालाई तत्काल रिहा गर्न माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप