नयाँ शक्तिको बन्दसत्रमा तीन प्रतिवेदन पेस
काठमाडौँ– नयाँ शक्ति नेपालको पार्टी घोषणा भेलाअन्तर्गत जारी बन्दसत्रमा तीन प्रतिवेदन पेस भएको छ ।
आज प्रज्ञा भवन कमलादीमा सुरु बन्दसत्रमा संयोजक डा बाबुराम भट्टराईले ‘नयाँ शक्तिका आधार तत्वहरु’, सचिवालय सदस्य देवेन्द्र पौडेलले ‘साङ्गठनिक सिद्धान्त र विधान’ र अर्का सचिवालय सदस्य रामेश्वर खनालले ‘विकास र समृद्धिको खाका’ विषयक प्रतिवेदन पेस गर्नुभएको पार्टीका प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।
प्रतिवेदन पेस गरिएपछि तीनवटै विषयमा छलफलका लागि प्रतिनिधिलाई १२ समूहमा विभाजन गरिएको छ । आज प्रतिनिधिले छलफल गरी प्राप्त भएका सुझावका आधारमा मङ्गलबार प्रतिवेदनलाई अन्तिम रुप दिने कार्यक्रम छ । शनिबार सङ्घीय जनमुक्ति पार्टी छोडी नयाँ शक्तिमा प्रवेश गरेका परशुराम तामाङले पनि आजको बन्दसत्रमा आफ्नो विचार राखे । बन्दसत्रमा ७५ जिल्ला संयोजक, ६३ जिल्ला काठमाडौँ सम्पर्क समितिका संयोजक, २४० निर्वाचन क्षेत्र संयोजक, ५०० सदस्य बराबर एक, एक हजार सदस्य बराबर दुई र एक हजारभन्दा बढी सदस्यबाट तीन प्रतिनिधिको दरले सहभागिता रहेको पार्टी निकटको नेपाल प्रेस सोसाइटीका संयोजक रुद्र भट्टले बताए ।
सातै प्रदेश सचिवालयका सदस्य, पार्टीको आङ्गिक सङ्गठन र पेसागत सङ्गठन एवम् भारत, कोरिया, अस्ट्रेलिया, दुबई, अमेरिका, मलेसिया, पोर्चुगल, बेलायत, फ्रान्सलगायत २४ देशका प्रवास समितिका गरी एक हजार ५०० भन्दा बढी प्रतिनिधि एवम् पर्यवेक्षकको बन्दसत्रमा सहभागिता छ ।
आइतबारदेखि राजधानीमा जारी भेला मङ्गलबार सकिने सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा भन्छ– सञ्चारमाध्यमसँगको सहकार्य घनिष्ठ बनाउने छौँ
-
११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
-
यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
-
शङ्कास्पद पार्किङ गरिएका १४ सवारी कारबाहीमा, रहस्य अझै खुलेन
-
झापाको बुद्धशान्तिमा पाँच परिवारलाई लालपुर्जा वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण