उत्तरी जापानमा भालुको आक्रमणबाट चारको मृत्यु
सोमबार, ३१ जेठ २०७३, २२ : ३९
टोकियो- जापानको उत्तरी इलाकामा जङ्गलमा वाँसका तामा खोज्न हिँडेका चार जना गाउँलेलाई भालुले आक्रमण गर्दाे मृत्यु भएको छ ।
उत्तरी जापानमा अवस्थित एक ग्रामीण इलाकामा गएका तीन हप्ताभित्र छुट्टाछुट्टै भएका भालुको आक्रमणमा परी उनीहरुको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ । एक महिलासहित चार जनाको मृत शरीरमा भालुले टोकेका डामहरु भेटिएको पाइएको कोजुनो प्रहरी कार्यालयका प्रवक्ता नोबुरु ओबुकावाले बताउनुभयो । करिब २.५ किलोमिटरको हिमाली भूभागमा भएको उक्त घटनामा मारिनेमा प्रायः ६५–७० उमेर समूहका वृद्धवृद्धा रहेका छन् । प्रहरीले उक्त क्षेत्रमा सावधानीका साथ हिँड्न गाउँलेलाई सचेत गरेको छ । जापानको वातावरण मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१४ को अप्रिलदेखि सन् २०१६ को मार्च सम्ममा १६८ भालु आक्रमण भएका र त्यसबाट १७६ मानिसको मृत्यु तथा घाइते भएका जनाइएको छ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण