अङ्काराले रसियाली विमान खसालेपछि टर्कीका राष्ट्रपतिद्वारा पहिलोपटक रसियालाई पत्राचार
अङ्कारा (टर्की), - टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले आफ्ना रसियाली समकक्षी भ्लादिभिर पुटिनलाई एक पत्र लेख्दै रसियाको राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको टर्कीका सरकारी अधिकारीले मङ्गलबार बताएका छन् । रसियासँगको तनाव रहेकै बेला टर्कीका राष्ट्रपति एर्डोगान तथा प्रधानमन्त्री विनाली इल्दीरिमले आफ्ना समकक्षीलाई पठाएका शुभकामना दुई देशबीचको सम्बन्ध सुधार प्रयासको थालनी हुने स्थानीय सञ्चारमाध्यमले बताएका छन् । यसबारे प्रतिक्रिया जनाउदै टर्कीका सरकारी अधिकारीले बताए, “हामीले राष्ट्रपति एर्डोगान र प्रधानमन्त्री विनाली यल्दीरिमले रसियाली समकक्षीलाई शुभकामना पत्र पठाएको भनी उल्लेख गर्दै सञ्चारमाध्यममा आएका समाचारको पुष्टि गर्न चाहन्छौैं ।” टर्कीले रसियाली विमानलाई टर्की र सिरियाको सीमाक्षेत्रमा घुमिरहेको पाएपछि विमानलाई बारम्बार सचेत गराइँदासमेत अटेर गरेपछि सन् २०१५ को नोभेम्बर ५ मा खसालेको बताएको थियो । तर रसियाले आफ्नो विमान टर्कीको सिमानामा नपुगेको र टर्कीले कसैको उक्साहटमा विमानमाथि आक्रमण गरेको पटकपटक दाबी गर्दै आएको छ । टर्कीले रसियाली विमान खसालेसँगै दुई देशबीचको सम्बन्धमा सङ्कट देखा परेको थियो । विमानलाई टर्कीले आक्रमण गरी खसालेपछि आएको दुई देशबीचको सङ्कट कम गर्ने उद्देश्यका साथ टर्कीका राष्ट्रपति एर्डोगानले फ्रान्सको पेरिसमा भएको जलवायु सम्मेलनको सिलसिलामा प्रत्यक्ष भेटगरी कुराकानी गर्न चाहेको बताए पनि रसियाली राष्ट्रपतिले यसलाई त्यतिवेला अस्वीकार गर्नुभएको थियो । गएको शुक्रबार अङ्कारास्थित रसियाली राजदूतावासमा राष्ट्रिय दिवसका अवसरमा आयोजित मन्त्रालयस्तरीय स्वागत कार्यक्रममा भने टर्कीले सहभागिता जनाएको थिएन । रसियाले जुन १२ लाई राष्ट्रिय दिवसका रुपमा मनाउने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण