इन्डोनेसियाको जाभा प्रान्तमा बाढी र पहिरोबाट ५६ को मृत्यु
बिहीबार, ०९ असार २०७३, २२ : ०३
जाकार्ता, - पश्चिमी इन्डोनेसियाको मध्य प्रान्त जाभामा आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या बिहीबारसम्म ५६ पुगेका छ ।
यस बाढी र पहिरोमा परी अन्य ९ जना बेपत्ता हुनुका साथै २२ जना घाइते भएका प्रकोप व्यवस्थापन निकायका वरिष्ठ अधिकारीले बिहीबार जानकारी दिएका छन् । उद्धारकर्ताहरूले जारी राखेको उद्धारकार्यमा सयौँ व्यक्ति उद्धार भएका स्थानीय अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । यस प्रकोपमा परी जाभा प्रान्तको पुवोरेजो, बानजार्नेगारा, केबुमेन जिल्लाका बढी व्यक्ति प्रभावित भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले जानकारी दिनुभएको छ । सो प्रकोपको कारण ३९५ जना गाउँलेलाई शरणार्थीस्थलमा लगिएको नुग्रोहोले बताएको छ । यस बाढी पहिरोमा परी १४३ वटा घर र सयौँ भौतिक संरचना क्षतिग्रस्त भएको बताइएको छ । गत शनिबारबाट सुरु भएको भारी वर्षापछिको बाढी र पहिरोमा परी १६ वटा जिल्ला प्रभावित भएको जनाइएको छ । इन्डोनेसियामा भारी वर्षा तथा यसपछि बारम्बार बाढी र पहिरोजस्ता प्रकोपले सताउने गरेको पाइन्छ । रासस÷सिन्ह्वाखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण