सहमतीय सरकारको कसरत : बाटो खोलिदिन प्रधानमन्त्री ओलीलाई प्रचण्डको आग्रह
सोमबार, २७ असार २०७३, २१ : ५५
काठमाडौं–राष्ट्रिय सहमतिको सरकारका लागि पहल थालेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सहमतीय सरकार गठनका लागि बाटोखोलिदिन आग्रह गरेका छन् । सोमवार साँझ बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भएको भेटमा प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।
बालुवाटार स्रोतका अनुसार भेटमा प्रचण्डले ‘सहमतिको सरकारका लागि काग्रेस तयार भएको र यसमा तपाईंको सहयोग चाहिएको’ भन्दै प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए । तर, प्रतिउत्तरमा ओलीले अहिले आफु त्यो विकल्पमा जान नसक्ने बताएको बालुवाटार स्रोतले बतायो । प्रचण्डले आइतवार पनि प्रधानमन्त्री ओलीसग भेट गरेका थिए । आइतवारको भेटमा नौँबुँदे र तीनबुँदे सहमति कार्यन्वयनको माग राखेका प्रचण्डले सोमवार भने सहमतिका लागि बाटो खुला गरिदिन आग्रह गरेका हुन् ।
प्रचण्डको यो आग्रहले काँग्रेस र माओवादीवीच केही संवाद भएको संकेत दिएको छ । सोमवार दिउँसो प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय सहमतिको सरकारका लागि सहयोग गर्न आग्रह गरेका थिए । सूत्रका अनुसार प्रचण्डको यो आग्रहमा देउवा सकरात्मक छन् ।
माओवादीभित्र एमालले सहमति कार्यन्वयन नभए विपक्षीमा बस्ने मानसिकतासहित सरकारबाट बाहिर आउनुपर्ने मत पनि छ । माओवादीले एमालेकै नेतृत्वमा भएपनि सहमतिको सरकार बनाउन आफ्नो पार्टी तयार रहेको समेत प्रधानमन्त्री ओलीलाई विकल्प दिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण