पानीको भाँडोमा डुबेर बालकको मृत्यु
शनिबार, ०१ साउन २०७३, १८ : ४०
गौर ,तहट - रौतहटको लक्ष्मिनिया गाविसमा पानीको भाँडोमा डुबेर आज एकजना बालकको मृत्यु भएको छ ।
लक्ष्मिनियास्थित आफनो मामाघर आएका गम्हरिया गाविस–२ का जहुर मियाका डेढ वर्षीय छोरा बाबुदिन मियाको भाँडोमा रहेको पानीमा डुबेर मृत्यु भएको हो ।
लक्ष्मिनिया–५ का मामा जौहार मियाको घरमा मिठाइ बनाउनका लागि राखिएको भाँडामा डुबेर उक्त बालकको मृत्यु भएको हो । वर्षाको पानीले भरिएको भाँडोमा खेल्ने क्रममा आज बिहान ९ः३० बजे बालक मियाको डुबेर मृत्यु भएको छ ।
खेल्दाखेल्दै भाँडोमा पसेर अचेत भएका बालकको उपचारका लागि लगिरहेको अवस्थामा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण