पाकिस्तानी मोडल कन्दीललाई उनका भाइले नभई यी व्यक्तिले गरेका थिए हत्या !
आइतबार, १६ साउन २०७३, १३ : ०५
पाकिस्तानकी सोसल मिडिया स्टार भनिने कन्दिल बलोचलाई उनको भाइले नभइ एर्कै व्यक्तिले हत्या गरेको पुष्टि भएको छ । आइतबार भएको पोलिग्राफ परिक्षणमा कन्दीलको हत्या उनका काकाको छोराले गरेको खुलासा भएको छ ।
घटनाका मुख्य आरोपी मोहम्मद वसीमले आफूले २७ वर्षीय कन्दील बलोचको घाँटी थिचेर हत्या गरेको स्विकार गरेका थिए । तर दुबै संदिग्धहरुको पोलिग्राफी परिक्षणले यो स्विकारोक्ति खारेज गरिदिएको छ । उक्त परिक्षणका अनुसार कन्दिललाई गत १५ जुलाईमा उनका काकाको छोरा हक नवाजले उनको घाँटी थिची हत्या गरेका थिए ।
जियो न्यूजका अनुसार वसीमले कन्दीलको हात र खुट्टा समातेका थिए जबकी हक नवाजले उनको घाँटी थिचेका थिए । हत्यापूर्व ती दुईले आफ्ना घरका सबै परिवारलाई नशालु पदार्थ ख्वाएको बताइएको छ ।
साउदी अरबमा बसिरहेका कन्दीलका दाइ आरिफले वसीममाथि बहिनीलाई मार्नको लागि दबाब दिएको बताइएको छ । स्रोतका अनुसार कन्दीलले परिवारको मान सम्मानलाई ठेस पुर्याएको भन्दै उनलाई मार्नुपर्ने दाइ आरिफको भाइ वसीममाथि दबाब थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण