सिद्धियो केकीको स्नातकोत्तर, भन्छिन् ‘म आफैंमा गौरवान्वित छु’
आइतबार, १६ साउन २०७३, १४ : ५०
काठमाडौं । केकी अधिकारीलाई नेपाली फिल्मी जगतमा ‘ब्यूटी विथ ब्रेन’ नायिकाको रुपमा चिनिन्छ । उनको बोल्ने शैली, सटिक बिचार र अभिनय कलाका कारण उनका प्रशंसकको कमी छैन । उनका प्रशंसकहरु उनी हाँस्दा हाँस्ने गर्छन् भने उनलाई दुख पर्दा उनीसँगै दुखी हुन्छन् । उनका प्रशंसकहरुका लागि एउटा खुसीको खबर छ । उनले आफ्नो स्नातकोत्तर सिद्धाएकी छिन् । केकीले प्रसिडेन्सियल बिजनेस स्कूलबाट आफ्नो एमबीए सिद्धाएकी छिन् ।
शनिबार प्रसिडेन्सियल कलेजले आयोजना गरेको दीक्षान्त कार्यक्रममा उनी पनि सहभागी भएकी थिइन् । कार्यक्रममा उनले आफ्नो कोशिश पूरा भएकोमा खुसी भएको बताइन् ।
उनी आफूले हाँसिल गरेको कुरामा आफैंप्रति गौरवान्वित भएको फेसबुकमार्फत बताइन् । ‘स्नातकोत्तर डिग्री हाँसिल गरेपछि म मा केही परिवर्तन आउला नआउला तर आज मैले जे हाँसिल गरेकी छु, त्यसमा म निकै गौरव महसुस गरिरहेकी छु । ’ उनी फेसबुकमा लेख्छिन्, ‘सुटिङको तालिकाभित्र पढ्नको लागि छुट्याइएको केही अतिरिक्त समय, आफूले छुटाएको कक्षा कभर गर्न नसुतेका ती रातहरु र परिवारमा निकै तनाव भइरहेको बेला अन्तिम परीक्षा दिएको समय । ती सबै समस्याका बाबजुद मैले मेरो रेखा पार गरेकी छु । यो मेरै लागि हो । अब एमबीए ग्रेजुयट । वाह’
थुप्रै म्यूजिक भिडियो र मोडलिङ पछि केकीले चलचित्र ‘स्वर’ मार्फत ठूलो पर्दामा आफ्नो पहिलो पाइला टेकेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण