चीनियाँ राष्ट्रपतिको सेनालाई आदेश, ‘युद्ध जित्न तयार होउ’
आइतबार, १६ साउन २०७३, १५ : ४५
चीनका राष्ट्रपति शी जिनपिंगले आफ्नो देशको सेनालाई युद्ध जित्नका लागि तयार रहन आदेश दिएका छन् । युद्ध को सँग र कहिले गर्ने बारे जानकारी नदिए पनि उनले आफ्ना सैनिकलाई युद्ध जित्नका लागि आफ्नो तयारी बलियो बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
२३ लाख जवान रहेको चीनको जनमुक्ति सेना (पिएलए) संसारको सबैभन्दा ठूलो सेना हो । आइतबार यो ८९ वर्षको भएको छ । यो मौकामा राष्ट्रपति शी ले सेनालाई युद्ध जित्नका लागि कठिन प्रशिक्षणमा जोड दिनुपर्ने बताएका छन् । ।
अन्य देशको सेनाको कार्यशैलीभन्दा भिन्न पिएलएको नियन्त्रण चीनको कम्युनिष्ट पार्टीसँग छ । अन्य देशमा भने सेना सरकारको नियन्त्रणमा काम गर्दछ ।
चार वर्षमा चीनियाँ सेनामा आमूल परिवर्तन गर्ने शी ले सन् २०१३ मा सत्ता सम्हालेपछि आफ्नो ध्यान पीएलएमा केन्द्रित गरेका थिए । उनी सेनाले पार्टीको कमान अनुसार काम गरुन् भन्ने चाहन्छन् । उनले सेनालाई भने, ‘युद्ध जित्नका लागि आफ्नो क्षमतालाई बढाउनुहोस् । भ्रष्टाचारलाई समाप्त गरेर आफ्नो काम गर्ने शैलीमा परिवर्तन गरी सुधार ल्याउनुहोस् ।’
राष्ट्रपति शी जिनपिंगले दक्षिण चीन सागरमा बढिरहेको तनावलाई मध्यनजर गर्दै सेनालाई आफ्नो कम्मर कस्न निर्देशन दिएका छन् ।
स्मरण रहोस्, पीएलएको वार्षिक बजेट १४५ अर्ब डलर छ जसमा सबैभन्दा ठूलो बजेट अमेरिकाको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण