शास्त्रीय उत्सवमा गुञ्जियो बसन्त राग
काठमाडौं – शास्त्रीय संगीत गायनमा आजीवन योगदान पु¥याएका वरिष्ठ शास्त्रीय धु्रपद गायक भवनाथ शर्मा अधिकारी सम्मानित भएका छन् । वसन्त पञ्चमीको अवसर पारेर सांस्कृतिक संस्थानले बुधबार नाचघरको मेघा हलमा आयोजना गरेको वसन्त शास्त्रीय संगीत उत्सव २०७४ मा अधिकारीलाई सम्मान गरेको छ ।
उनलाई दोसल्ला ओढाएर ताम्रपत्र र २५००० रुपैँया सहित नेपाल संगीत तथा नाट्य संगीत प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरु भक्त) ले संस्थानको तर्फबाट सम्मान गरे ।
सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाले कार्यक्रममा बोल्दै धु्रपद गायक अधिकारीका बारे बताए । अग्रज संगीतकार दिपक जंगम सहित पाँच सदस्य टोलीले अधिकारीको नाम सम्मानको लागि चयन गरेको महाप्रवन्धक थापाले बताए ।
महाप्रवन्धक थापाले शास्त्रीय संगीतको प्रवद्र्घनकै लागि श्री पञ्चमीमा संस्थानले लामो समय देखि वसन्त शास्त्रीय संगीत उत्सव गर्दै आएको बताए ।
सम्मानित व्यक्तित्व अधिकारीका बारे शास्त्रीय संगीतकार डा. धु्रवेश चन्द्र रेग्मीले प्रकाश पारेका थिए । भारत खण्डे संगीत विश्व विद्यालय लखनउ भारतकी उपकुलपति एवं शास्त्रीय गाायिका श्रुती सडोलिकर काठ्करले शास्त्रीय संगीतको महत्वबारे प्रकाश पार्दै यो विश्व संगीतको भाषा एउटै भएको धारणा राखिन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरु भक्तले हजारौ वर्ष देखिको शास्त्रीय संगीतलाई संगीत नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानले संरक्षण एवं प्रवद्र्घन गर्नु पर्ने बताए ।
सो उत्सवको दोस्रो चरणमा विभिन्न कलाकारहरुले वसन्त लगायत फरक रागमा वाद्यवादन एवं गायन प्रस्तुत गरे । कार्यक्रमको पहिलो प्रस्तुतिमा रामकृष्ण दुवालको परम्परगत वसन्त गायन, ज्ञानुराधा गोर्खालीले सितारमा रागबादन, बैंकटेश ढकालले तवलामा शास्त्रीय बादन, यतिराज अधिकारीले बेला बादनमा शास्त्रीय धुन, जीवन आलेले बाँसुरीमा बसन्त धुन प्रस्तुत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण