गेम खेल्दाखेल्दै पोकेमनले बलात्कार गरेको महिलाको दाबी
शनिबार, २९ साउन २०७३, ०९ : ४९
आजकाल ‘पोकेमन गो’ खेल संसारभरी चर्चित भएको छ । पोकेमनसँग सम्बन्धित विभिन्न समाचारहरु सार्वजनिक भएका छन् तर यहाँ एक महिलाले जुन कुरा दाबी गरिरहेकी छिन्, त्यो निकै अचम्मको छ । रुसकी एक महिलाले पोकेमनले आफूलाई बलात्कार गरेको दाबी गरेकी छिन् । ती महिलाले पुलिसलाई यस बारे उजुरी दर्ता समेत गराएकी छिन् ।
बलात्कारको आरोप लगाउने ती महिलाका अनुसार उनी राती ‘पोकेमन गो’ गेम खेल्दाखेल्दै निदाइन् । बिहान जब उनको आँखा खुल्यो तब उनले पोकेमनको ठूलो क्यारक्टरलाई आफूमाथि पाइन् । महिलाको भनाई अनुसार पोकेमन उनको शरिरमाथि चढेको थियो र उनको बलात्कार गरिरहेको थियो । आत्तिएर आफ्नो ओछ्यानबाट तल ओर्लदाँ पोकेमन गायब भएको उनले बताइन् ।
डेली मेलका अनुसार उनले आफ्ना श्रीमान्लाई आफूमाथि बलात्कार भएको घटना सुनाउन उठाइन् । तर उनका श्रीमानले उनको कुरा पत्याएनन् बरु उल्टै उनलाई मनोचिकित्सककोमा जान सुझाए ।
रसियाको एक वेबसाइट ब्लोकनटको रिपोर्ट अनुसार उनको भनाई पुलिसले समेत विश्वास गरेनन् । त्यसपछि उनी मनोचिकित्सकलाई भेट्न पुगिन्, उनीहरुले समेत उनको समस्याको समाधान गर्न सकेनन् ।
इभान माकारोभ, ती महिलाका साथी, भन्छन्, ‘उनले आफू बसेको ठाउँमा धेरै पोकेमन भएको बताउँछिन् र उनका कुकुरले पनि यसबारे थाहा पाएका छन् । उनी भन्छिन् कि जतिबेला उनी पोकेमन गो खेल्छिन्, त्यतिबेला उनका कुकुरहरु भुक्छन् ।’
माकारोभका अनुसार उनकी साथीले अन्तत उनको श्रीमानको सल्लाह मानिन् र मनोचिकित्सकसँग भेट्ने व्यवस्था मिलाएकी छिन् । स्मरण रहोस्, पोकेमन गो गेम लञ्च हुने बित्तिकै यो संसारभरी निकै चर्चित बनेको छ र मानिसहरु यो गेम खेल्नका लागि निकै लालायित हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण