उत्कृष्ट अभिनेत्रीको अवार्ड लिन नपुगेकी नम्रता श्रेष्ठ यसो भन्छिन् (भिडियोसहित)
मङ्गलबार, ३२ साउन २०७३, १२ : १७
काठमाडौं । उत्कृष्ट नायिकाको अवार्ड हात पारेकी नम्रता श्रेष्ठ पोखरामा आयोजित अवार्ड कार्यक्रममा कहिँ कतै देखिनन् । शनिबार पोखरामा सम्पन्न आठौं डिजिटल सिने अवार्डबाट उनको नयाँ फिल्म ‘क्लासिक’ बाट उत्कृष्ट नायिकाको अवार्ड पाउन उनी सफल भएकी हुन् ।
कार्यक्रममा आफू उपस्थित हुन नपाएको भन्दै नायिका श्रेष्ठले आफ्नो फेसबुकमा एउटा भिडियो पोष्ट गरेकी छिन् । ३४ सेकेन्डको उक्त भिडियोमा उनले सबैलाई धन्यवाद दिएकी छिन् ।
निकै आकर्षित ब्याकग्राउन्डमा खिचिएको उक्त भिडियोमा उनले गगल्स, कालो स्कार्फ र सुन्तला रङको टिसर्ट लगाएकी छिन् ।
उनले डि सिने अवार्डलाई आफूलाई उत्कृष्ट अभिनेत्रीको रुपमा चयन गरेकोमा धन्यवाद दिएकी छिन् भने क्लासिक फिल्मको पूरा समूहलाई पनि उनले धन्यवाद दि । उनी भन्छिन्, ‘तपाईंहरु नभएको भए आज यो सम्भव हुने थिएन ।’
यसका साथै उनले संसारभरीका आफ्ना प्रशंसकलाई विशेष धन्यवाद दिएकी छिन् । उनी भन्छिन्, ‘मेरो नराम्रो र राम्रो समयमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु ।’
एउटा राम्रो कलाकारको लागि प्रशंसा नै ठूलो अवार्ड भएको बताउने उनी आफूलाई भाग्यमानी कलाकार भएको दाबी गर्छिन् । ‘म भाग्यमानी छु किनभने मसँग तपाईंहरुको प्रशंसा छ, ’ उनले भिडियो टुङ्ग्याइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण