वैदेशिक रोजगारीमा आकर्षणः नागरिकताभन्दा राहदानी लिनेको संख्यामा दोब्बर वृद्धि
बागलुङ । वैदेशिक रोजगारप्रतिको आकर्षणले बागलुङमा राहदानी लिनेको सङ्ख्या बढेको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार नागरिकताभन्दा राहदानी बनाउने बढी छन् । गत आवमा नागरिकताको तुलनामा राहदानी लिनेको सङ्ख्या झन्डै दोब्बर रहेको छ ।
राहदानी बनाउने १२ हजार २९ जना हुँदा नागरिकता लिने जम्मा सात हजार ७०६ जना छन् । रोजगारी र अध्ययनका क्रममा विदेश जानेको सङ्ख्या बढेसँगै राहदानी बनाउने बढेको सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले बताए । आव २०७१÷७२ मा पनि सात हजारले नागरिकता बनाउँदा १५ हजार बढीले राहदानी बनाएका थिए । नागरिकले साधारण र द्रुत गरी दुबै सेवामार्फत राहदानी बनाउने गरेका छन् । गत आवमा पनि चार हजार ३१५ जनाले द्रुत सेवा प्रयोग गरी राहदानी लिएका थिए । बाँकीले भने साधारण सेवामार्फत जिल्ला प्रशासन कार्यालयबाटै राहदानी बुझेका थिए ।
द्रुत सेवाका लागि १० हजार र साधारणका लागि रु पाँच हजार दस्तुर लाग्ने व्यवस्था छ । बागलुङमा जिल्ला प्रशासन कार्यालय र बुर्तिवाङमा रहेको एकीकृत सेवा केन्द्रबाट राहदानी सेवा दिइने गरिन्छ । राहदानी लिनेको सङ्ख्या बढेसँगै राजस्व सङ्कलनमा पनि वृद्धि आएको छ । राहदानी दस्तुरबाट वार्षिक करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ । बागलुङका करिब ४० हजार युवा विदेशमा रहेको तथ्याङ्क छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण