चर्चित हिरो को हो भन्ने विषयमा झगडा हुँदा एकको मृत्यु
तेलेगु नायक जुनियर एनटीआरका एक प्रशंसकले पवन कल्याणका समर्थकको हत्या गरेका छन् । आइतबार कर्नाटकको कोलारमा साउथ हिरोमा को हिट भन्ने विषयमा झगडा हुँदा एकको मृत्यु भएको हो ।
घटनापश्चात् कल्याण तिरुपतीबाट विशेष विमानमार्फत सोमबार हैदराबाद पुगेका थिए त्यहाँ उनले पीडितका परिवारमध्ये बिनोद रोयललाई भेटेका छन् । इन्जिनियरिङमा स्नातक प्राप्त गरेका २४ वर्षीयको हत्यामा जो कोही संलग्न भएपनि उनलाई कडाभन्दा कडा सजायँ हुनुपर्ने कल्याणको माग छ ।
‘प्रशंसकहरुले पूजा गरेका हिरोले हत्यारालाई माफी दिन सक्दैन । म निकै दुखी छु, ’ तिरुपतीमा कल्याणले भने ।
जुनियर एनटीआर र कल्याण साउथ इन्डियाका निकै चर्चित नायक हुन् । यहाँ यी नायकहरुको मन्दिर बनाइएको छ भने यी दुबै नायकको फिल्म चर्चित होस् भनेर प्रशंसकहरुले विभिन्न पूजा पाठसमेत गरेका छन् ।
गत आइतबार रोयल आफ्नो आँखा दान गर्नका लागि एउटा कार्यक्रममा गएका थिए । उक्त कार्यक्रममा बेंगलुरुका जुनियर एनटीआरका प्रशंसकहरु पनि उपस्थित थिए । रोयलले उक्त कार्यक्रममा कल्याण्को गुणगान गाए जसलाई जुनियर एनटीआरका प्रशंसकहरुलाई मन परेन जसका कारण त्यहाँ बादविवाद सुरु भयो । जुनियर एनटीआरका एक प्रशंसक, अक्षय कुमारले रोयललाई छुरी हाने । रोयलको अस्पताल लाने क्रममा मृत्यु भएको हो । पुलिसले आरोपीलाई पक्राउ गरेको छ । ‘रोयलको परिवार यस्तो हुँदा पनि अघि बढेको छ, उनीहरुले रोयलको आँखा दान गरेका छन्,’ कल्याणले भने ।
बी टेक सिद्धाएका रोयल एउटा कम्पनीमा तालिम लिइरहेका थिए । उनी दुई महिनापछि अध्ययनको शिलशिलामा विदेश जाने तयारीमा थिए । विदेशबाट फर्किएपछि उनले आफ्नो एक कम्पनी स्थापना गर्ने र २ सय कर्मचारीका लागि रोजगारीको वातावरण श्रृजना गर्ने मनसाय बनाएको उनको परिवारले जानकारी दिएका छन् ।
रोयलकी आमा भेदावतीले हत्यारालाई उचित सजायँ दिनुपर्ने माग राखेकी छिन् । ‘छुरी हानेपछि मेरो छोराको मुटु बाहिर आएको थियो । हत्यारालाई कडाभन्दा कडा सजायँ होस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण