बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

छायाँछवि काव्य चौंथो शृङ्खलामा सुदेश र संगीता

बुधबार, १७ माघ २०७४, १३ : ०५
बुधबार, १७ माघ २०७४

काठमाडौं – छायाँछवि क्रियशनको आयोजनामा छायाँछवि काव्य शृङ्खलाको चौंथो सिलसिला मंगलबार  सम्पन्न भएको छ । बागबजारको सिटिम्याक्स चलचित्र भवनमा आयोजित श्रृखलामा साहित्यकार राधेश्याम लेकाली एवं निर्देशक कलाकार निर्मल शर्माले समेतको उपस्थिती रहेको थियो ।
छायाँछवि काव्य शृङ्खलाकी संयोजक एवं मुक्तककार रश्मि रोदनको मुक्तक बाचनबाट सुरु भएको कार्यक्रममा युवा कवि तथा साहित्यकार सुदेश सत्यालले कविता बाचन गरे, भने गजलकार साहित्यकार संगीता थापाले गजलहरु सुनाएकी थिइन् । 

कार्यक्रमका राधेश्याम लेकाली र कलाकार निर्देशक निर्मल शर्माले आफू लोकप्रिय साहित्यिक कार्यक्रममा आउन पाएकोमा खुशी व्यक्त गर्दै आफ्ना केही भनाइहरु राखेका थिए ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले कार्यक्रमबारे प्रकाश पार्दै साहित्य, संगीत र चलचित्रको त्रीवेणीलाई एकीकृत गराउने प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप