पिसाब संक्रमण पुरुषभन्दा महिलामा बढी किन ?
बुधबार, १३ पुस २०७३, १६ : २३
डा. ढाकाकुमार श्रेष्ठ , जनरल मेडिसिन,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा
पिसाब पोल्ने समस्या प्रायः व्यक्तिमा कुनै न कुनै समय देखिएको हुन्छ । यो त्यति ठूलो समस्या नभए पनि स्वास्थ्यमा विशेष ध्यान भने राख्नुपर्छ । यसलाई अन्य रोगजस्तो जटिल रूपमा लिएर आत्तिहाल्नु पर्दैन । पिसाब पोल्ने कारण र यसको उपचार विधिबारे डा. ढाकाकुमार श्रेष्ठ यसो भन्छन् :
पिसाब पोल्ने कारण
गर्मी होस् या जाडो, हरेक मौसममा मानिसको पिसाब पोल्ने समस्या देखापर्न सक्छ । पिसाबमा एसिडको मात्रा बढी भएको अवस्थामा पिसाब पोल्ने गर्छ ।
पिसाब पोल्नुको अर्को पक्ष भनेको मानिसको स्वास्थ्यमा विभिन्न संक्रमण छ भन्ने पनि हो । यस्तो अवस्थामा पिसाब पोल्ने समस्या हुन्छ ।
स्वास्थ्यमा भएको ब्याक्टेरियल संक्रमणले बढी मानिसमा पिसाब पोल्ने गरेको देखिन्छ । मानिसमा भएको इन्जिनको सिस्टम कम भएमा पिसाब पोल्ने गर्छ ।
पिसाब पोल्नुका खतरा
पिसाब पोल्नु जटिल रोग नभनिए पनि सामान्य रूपमा लिनु हुँदैन । कहिलेकाहीँ लामो समयसम्म पोलिरहेमा भने अन्य रोगको लक्षण पनि हुन सक्छ ।
पिसाब पोल्ने समस्या बढ्दै गएर कतिपय अवस्थामा मिर्गौलासम्म पनि पुग्न सक्छ ।
मानिसले पानीको प्रयोग कम गर्नु, पसिना धेरै बगाउने तर शरीरलाई चाहिने मात्रामा पानी नपिउने बानीले पिसाबको समस्या
देखिन सक्छ ।
जाडो छ भनेर पानी धेरै नखाने बानी धेरैमा छ । जति नै जाडो-गर्मी भए पनि एउटा मानिसले दिनमा दुई लिटर पानी खानैपर्छ।
पिसाब आउन खोज्ने तर नआउने, आए पनि जति मात्रामा आउनुपर्ने हो, नआउने समस्या हुन्छ । यसले दैनिक जीवनमा समेत असर पारेको हुन्छ ।
पिसाब पोल्नु अरू रोगको लक्षण
पिसाब पोल्नु विभिन्न रोगको लक्षण हुन सक्छ । पिसाबनली, पिसाबथैली, पिसाब फेर्ने नसामा संक्रमण हुँदा पनि यस्तो हुन्छ।
पिसाब पोलिरहेको अवस्थामा चिकित्सककहाँ गएर स्वास्थ्य परीक्षण गराई औषधि चलाउनुपर्ने हुन्छ । एन्टिबायोटिक औषधि चलाउनुपर्ने हुँदा यस्तो बिरामीले एक हप्ता आराम गर्नुपर्छ ।
पिसाब एक दिनभन्दा बढी पोलिरह्यो र पानीको मात्रा धेरै बढाउँदा पनि समस्या समाधान नभएमा पिसाबनली वा कुनै अंगमा संक्रमण भएको हुन सक्छ ।
पिसाब पोल्न नदिन के गर्ने ?
विभिन्न खानेकुराको प्रयोग गर्दा केही मात्रामा पानीको प्रयोग पनि हुन्छ । तर, त्यसले मात्रै स्वास्थ्यलाई फाइदा पु¥याउँदैन । जसले गर्दा पिसाब पोल्न थाल्छ । स्वस्थ रहन दिनमा कम्तीमा दुई लिटर पानी पिउनुपर्छ ।
पानीको कमीले शरीरका अन्य अंगमा पनि समस्या पर्न सक्छ । पिसाब पोलिरहने व्यक्तिले वेलावेलामा चिकित्सकको परामर्श लिनुपर्छ ।
पिसाब पोल्ने समस्यालाई सामान्य रूपमा लिँदा ठूलै दुर्घटना निम्त्याउन सक्छ । समयमै स्वास्थ्य परीक्षण गराउने बानीको विकास गर्नुपर्छ ।
पिसाब छिनछिनमा लाग्ने तर नपोल्ने समस्या
कतिपय मानिसलाई पिसाब छिनछिनमा लाग्ने तर नपोल्ने समस्या पनि देखिएको छ । चिनीरोगको कारणले यस्तो हुन सक्छ ।
यस्ता बिरामीलाई दिउँसोभन्दा रातिको समयमा बढी नै सताउने गर्छ । तर, पिसाब पोल्दैन ।
ब्याक्टेरियल संक्रमण पिसाब पोल्ने मानिसलाई मात्रै हुन्छ भन्ने छैन । अस्वस्थ खानपिन, पिसाबनलीले राम्रो काम नगर्नु, धेरै काम गर्नु पनि पिसाब पोल्ने कारण हुन्छ ।
महिलामा बढी समस्या
पिसाब पोल्ने समस्या पुरुषमा भन्दा महिलामा बढी हुने गर्छ । महिलामा पाठेघरको संक्रमण हुन सक्ने भएकाले पनि बढी जोखिम ठानिन्छ । त्यस्तै, महिलामा पाठेघरबाट पिसाबमा रोग सर्न सक्ने सम्भावना पुरुषमा भन्दा बढी हुन्छ । सेतो पानी बग्ने समस्या हुने महिलामा पिसाबको समस्या देखिने हुँदा पाठेघरको पनि परीक्षण गराउनुपर्छ । स्वास्थ्यमा संक्रमण भएसँगै महिलामा भने पिसाब पोल्न थाल्दछ । पुरुषको पिसाबनली सामान्यतया १६ सेन्टिमिटर हुन्छ, तर महिलाको पिसाबनली ४ सेन्टिमिटरको मात्र हुन्छ । जसले संक्रमण दर महिलामा बढी हुने गरेको पाइन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण