शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

अदुवाको विशेषता के छन् ?

बुधबार, १३ पुस २०७३, १६ : ३१
बुधबार, १३ पुस २०७३
डा. राजेन्द्रकुमार गिरी, प्रबन्ध निर्देशक, सिंहदरबार वैद्यखाना विकास समिति  अदुवामा पाइने जिंगीवारिन र विसावोलिन रासायनिक तत्वले मुटु एवं रक्तनलीमा जम्मा भएको बोसोयुक्त तत्वलाई (कोलेस्ट्रोल) पगाल्न मद्दत गर्छ  । अदुवाले रक्तसञ्चार क्रियालाई व्यवस्थित राख्छ । उल्टी रोक्ने, गाडीमा चढ्दा हुने रिँगटा लाग्ने र खाद्य विषाक्तबाट हुने असर कम गराउन प्रभावकारी मानिएको छ । आयुर्वेद चिकित्सामा श्वासप्रश्वास एवं जोर्नीसम्बन्धी रोगमा प्रयोग गरिने औषधिका साथमा अदुवाको रस प्रयोग गर्ने सल्लाह दिइन्छ । अदुवाको धुलो २ देखि ३ ग्राम दिनको दुईपटक सेवन गर्दा जोर्नी, श्वासप्रश्वास एवं पाचन अंगको समस्या कम हुन्छ । अदुवा मुटुरोगीले धेरै प्रयोग गर्नुहुँदैन । साथै, पित्तथैली एवं मिर्गाैलाको पत्थरी भएमा प्रयोग गर्ने सल्लाह दिइँदैन नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप