शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

औषधि किन्दा वा प्रयोग गर्दा यस्ता कुरामा ध्यान दिनुस्

सोमबार, १८ पुस २०७३, ११ : ५८
सोमबार, १८ पुस २०७३
जीवनकालमा औषधी सेवन नगर्ने मानिस सायदै होलान । रोग निधानको लागि औषधीलाई नै प्रमुख विकल्पको रुपमा प्रयोग गरिन्छ । तर, यस्तो औषधीको सही प्रयोग गरिएन भने निकै घातक हुनसक्छ । औषधी किन्दा वा प्रयोग गर्दा यस्ता कुरामा ध्यान दिन सुझाब दिन्छन् औषधी व्यवसायी संघका पूर्व अध्यक्ष तथा औषधी व्यवसायी पारसमणि बराल | औषधी धेरै संवेदनशील बस्तु हो । यसको सही प्रयोग गरिएन् भने ठुलै नोक्सानी नगर्ला भन्न सकिन्नँ । त्यस कारण औषधीबारै राम्ररी बुझेर मात्र उचित प्रयोग गर्नुपर्छ । –औषधीबारे जानकारी : १–सबै भन्दा पहिले आफुलाई लागेको रोग वा आफुले प्रयोग गर्ने औषधीबारे चिकित्सकसँग राम्ररी बुझ्नुपर्छ । कसरी, कति समय,कहिलेसम्म, कतिपटक प्रयोग गर्ने भन्ने स्पष्ट हुनुपर्छ । २–औषधी किन्दा सम्भव भएसम्म सरकारी मापदण्ड पुरा गरि सञ्चालन गरेका औषधी पसलबाट किन्नुपर्छ । ३–औषधी बेच्ने मानिससँग पनि औषधी सेवन वा प्रयोगबारे राम्ररी सोध्नुपर्छ । प्रयोग गर्ने तरिका औषधीमै लेख्न लगाउनुपर्छ । ४–यदि तपाईँ अरुलाइनै औषधी ल्याउन लगाउनुहुन्छ भने औषधी प्रयोगबारे सबै जानकारी ल्याउन लगाउनुपर्छ । ५–औषधी कतै ड्यामेज वा मिति गुज्रिएको छ कि, यसमा पनि ख्याल गर्नुपर्छ । ६–घर लगेपछि औषधीको सुरक्षा कसरी गर्ने राम्ररी बुझ्नुपर्छ । औषधीमा छुटको व्यवस्था हुन्छ ? –अधिकांशमा औषधीबारे धेरै भ्रम छ कि, औषधी पसलेले धेरै नै मुनाफा राख्छन् । तर होइन । –नेपालको सन्दर्भमा औषधीमा मात्र मूल्यमा एकरुपता पाइन्छ । प्रत्येक औषधीमा सरकारले नै मूल्य निर्धारण गरेको छ । –औषधी किन्दा व्यवसायीलाई १४ प्रतिशत नाफा दिएको हुन्छ । कोही–कोही पसलेले यही नाफा भागलाई नै छुटको रुपमा दिने गर्छन् । यसले गर्दा नै औषधीको मूल्यमा एकरुपता भएपनि मूल्य भने फरक परेको हो । –औषधीमा छुट भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्छ । औषधी बेच्ने व्यक्तिको भूमिकावारे –औषधीको प्रयोग गर्नुपर्ने अवस्था भनेकै स्वास्थ्यमा अस्वस्थ अबस्था हुनुसँग जोडिन्छ । विरामीलाई चिकित्सक र औषधी विक्रि–वितरण गर्ने व्यक्तिको व्यवहारले ठुलो प्रभाव पार्दछ । त्यस कारण पनि सदैव ग्राहकको मनोभावना अनुरुप बोली र व्यवहार गर्नुपर्छ । –नम्र बोल्ने गर्नुपर्छ । कत्तिपय कुरा चिकित्सकले भन्दा पनि राम्ररी नबुझेको हुनसक्छ विरामीले । त्यसकारण औषधीको काम र प्रयोग गर्ने तरिकाबारे राम्ररी बुझाउनुपर्छ ग्राहकलाई । कति सकिन्छ छुट दिदा राम्रो हुन्छ । औषधी किन्ने व्यक्तिले ध्यान दिनुपर्ने कुरा –औषधी लिदा सबै भन्दा बढी सचेत बिरामी वा किन्ने व्यक्ति हुनुपर्छ । –हतार नगरि बुझेर औषधी लिनु पर्छ । –यदि तपाई अरुको लागि औषधी लैजादै हुनुहुन्छ भने आफुले बुझ्नुको साथै प्रयोग गर्ने तरिका लेखेर पनि लिएर जानुपर्छ, किनभने औषधीको प्रयोग अनुमानको भरमा गर्नुहुँदैन ।   https://www.youtube.com/watch?v=St5OG_-ShB8 प्रस्तुति :  सर्मिला थापा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप