अण्डाको बोक्राको मद्दतले घरमा यसरी उमार्नुस् गोलभेंडा
घरमा नै सागसब्जी लगाउने शौख छ भने त्यसलाई राम्रोसँग हेरबिचार गर्न पनि आवश्यक हुन्छ, विशेषगरी गोलभेडाको बोटको । यसो गरिएन भने गोलभेडाको बोट राम्रोसँग बढ्दैनँ र गोलभेडा पनि फल्दैन । गोलभेडालाई राम्रो तरिकाले हेरबिचार गर्नका लागि अण्डाको बोक्रा निकै उपयोगी हुन्छ ।
अण्डाको बोक्रालाई जिपलक ब्यागमा राखेर फ्रिजमा जम्मा गर्नुहोस् । अण्डाको बोक्रा धेरै भएपछि यसलाई घाममा वा ओभनमा सुकाउनुहोस् र पिस्नुहोस् । त्यसपछि यसलाई माटोमा मिसाउनुहोस् । गोलभेडाको बोट राम्रो सँग बढ्छ ।
जब गोलभेडामा फल लाग्न थाल्छ तब त्यसको मुनीको पातहरु निकाल्नुहोस् किनभने सबैभन्दा पहिले किराले पातमा नै आक्रमण गर्दछन् । यसले गर्दा गोलभेडा खराब हुने डर हुन्छ ।
गोलभेडाको बोटको छाँटकाँट गर्मीको दिनमा नै गर्नुपर्छ किनभने चिसोमा यसको वृद्धि विकास निकै चाँडै हुन्छ ।
हप्तामा एक पटक गोलेभेंडाको बोटको कटाई छँटाई गर्नुहोस् र बोटको वरिपरिको माटो खन्नुहोस् । यसो गर्दा गोलभेंडाको बोट राम्रोसँग बढ्छ ।
गोलभेडा र तुलसीको स्वाद एकैसाथ मिठो हुँदैन तर गार्डेनमा गोलभेंडा र तुलसीको बोट सँगै लगाउनुहोस् । दुबैको वृद्धि राम्रोसँग हुन्छ । चाहनुहुन्छ भने खुर्सानी र सयपत्रीको फुल पनि सँगै लगाउन सक्नुहुन्छ ।
जब गोलभेंडाको पात पहेंलो हुन थाल्छ तब तुरुन्त नयाँ पात आउन थाल्छ । त्यसकारण त्यसलाई हप्तामा एक पटक एक वा दुईपटक राम्रोसँग पानी हाल्नुहोस् ।
गोलभेंडाको बोटको दुई डाँढ बिच आउने नयाँ पातलाई फालिदिनुस् किनभने यसमा फल लाग्दैन र यसले बोटको सबै ऊर्जा उपभोग गर्दछ ।
गोलभेंडाको बोट तीन फिटभन्दा अग्लो हुनुहुँदैन । यदि यस्तो भयो भने एक फिटसम्म जतिपनि पात छ, त्यसलाई छाँट्नुहोस् ता गर्मी र हावा बोटले पर्याप्त पाओस् ।
यदि तपाईं गोलभेंडालाई बिउबाट बोट उमार्दै हुनुहुन्छ भने त्यसलाई पर्याप्त घाममा राख्नुहोस् किनभने यो बढ्नका लागि तेज प्रकाश चाहिन्छ । होइन भने यसको विकास राम्रोसँग हुँदैन ।
गोलभेंडाको बोट लगाउनुभन्दा पहिले जमिनलाई दुई हप्तासम्म कालो वा रातो प्लाष्टिकले छोप्नुहोस् ता कि यो ठाउँ राम्रो तरिकाले तातो होस् । यसले बोटलाई राम्रोसँग वृद्धि गर्न सहयोग गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण