चिसोमा कुर्कुच्चा फुट्यो ? यस्ता छन् घरेलु उपाय
सोमबार, १८ पुस २०७३, १३ : ५५
सबी श्रेष्ठ,ब्युटिसियन
चिसो मौसममा हातखुट्टा खस्रो हुनु स्वाभाविक नै हो । त्यसमा पनि कुर्कुच्चा फुट्ने समस्याले धेरैलाई सताउँछ । फुटेको कुर्कुच्चाले पीडा त दिन्छ नै, साथमा खुट्टाको सुन्दरतालाई पनि पूरै नष्ट गरिदिन्छ । शरीरमा जब क्याल्सियमको कमी हुन थाल्छ, त्यतिवेला पैताला तथा कुर्कुच्चा फुट्न सुरु हुन्छ । यसरी कुर्कुच्चा फुट्ने समस्याबाट बच्न तथा कुर्कुच्चा फुट्न नदिन केही घरेलु उपाय अपनाउन सकिन्छ । -
प्रयोग गर्ने तरिका
सबैभन्दा पहिला खुट्टालाई मनतातो पानीले राम्रोसँग धुने । त्यसपछि तौलियाले सफासँग पुछ्ने ।
त्यसपछि सानो कचौरा या अन्य भाँडामा गुलाबजल, कागतीको रस तथा गिल्सरिन राख्ने ।
तीन थरीको तरललाई एक–आपसमा मजाले मिश्रण गर्ने । सो मिश्रणलाई राति सुत्नुअघि पैताला तथा खुट्टामा लगाउने ।
यसरी सो मिश्रण लगाइसकेपछि खुट्टामा मोजा लगाउने । भोलिपल्ट उठेपछि फेरि मनतातो पानीले खुट्टा पखाल्ने ।
यो प्रक्रिया दैनिक निरन्तर गरिरहँदा कुर्कुच्चा फुट्ने समस्या समाधान हुन्छ ।
साथै, पैताला तथा कुर्कुच्चा फुटेको कम गराउन अन्य उपचार विधि पनि अपनाउन सकिन्छ । आधा बाल्टिन मनतातो पानीमा थोरै मह मिसाउने । त्यसपछि सो मह मिसिएको पानीमा करिब २० मिनेट जति खुट्टा डुबाएर राख्ने ।
सपछि खुट्टा निकालेर सफा रुमालले पुछ्ने । खुट्टा सुक्खा भएपछि नरिवलको तेलले मालिस गर्दा कुर्कुच्चा फुट्ने समस्या धेरै कम हुन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण