शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

विशेषज्ञको अभिभावकलाई सुझाव : बच्चाको दाँत यसरी स्वस्थ राख्नुस्

बुधबार, २० पुस २०७३, ११ : १०
बुधबार, २० पुस २०७३

तुलानात्मक रुपमा बच्चाको स्वास्थ्य अवस्था अन्य उमेर समुहका व्यक्तिको भन्दा बढी संवेदनशील हुन्छ ।

त्यसमा पनि दाँतको समस्या बच्चामा धेरै नै देखिन्छ, कारण दाँतको सुरक्षाको लागि अभिभावक पनि आवश्यक सचेत भएको पाइदैन् ।

बच्चामा दाँतको समस्या नेपालमा मात्र नभएर विकसित मुलुकमा पनि प्रसस्तै देखिन्छन्

। बच्चामा दाँतको समस्या कसरी आउँछ र यसबाट कसरी बच्ने ? बरिष्ठ दाँत रोग विशेषज्ञ डा. बन्दना श्रेष्ठको सुझाब

-बच्चाहरुका दाँत निकै नै कमजोर हुन्छन् ।

बच्चा अबस्थादेखि नै दाँतलाई स्वस्थ राख्यो भने पछिसम्म दाँतको रोग लाग्ने सम्भावना न्यून हुन्छ ।

त्यसकारण बच्चाको दाँतको सुरक्षामा अभिभावक सधै चनाखो रहनु पर्छ, ख्याल गर्नुपर्छ ।

-बच्चाका दाँतबारे भ्रम हाम्रो समाजमा अझै पनि बच्चाको दाँतबारे धेरै भ्रम छ ।

बच्चाको दाँत किराले खाए वा कुनै समस्या देखिए पनि केही हुँदैन, यी दाँत त साटिन्छ, पुनः नयाँ दाँत आइहाल्छ भन्ने बुझाई छ ।

यही बुझाइकै कारण बच्चाका दाँतमा बढी समस्या देखा पर्छ ।

बच्चाका दाँतमा समस्या देखेने प्रमुख कारण १–दाँत नियमित सफा नगर्नु । २–बढी गुलियो खानु र गुलियो खाए पछि दाँत सफा नगर्नु । ३–दाँत ब्रस गर्दा दाँत फाटिन्छ भन्ने धारण राख्नु । ४–बेलुका सुत्नु अगाडि दुध वा गुलियो कुरा खाएर दातँ सफा नगर्नु ।

बच्चाका दातँमा देखिने प्रमुख समस्या बच्चाको दाँतका देखिने प्रमुख समस्या भनेकै बढी गुलियो खाना धेरै खाने, दाँत सफा नगर्नाले दाँत कालो हुने, खिइने र किराले खाने हो । दाँत लामो समयसम्म सफा नगर्दा दाँतका क्याभिटी( दाँतमा प्वाल पर्ने ) हुन्छ र किरा लाग्नुका साथै अन्य समस्या आउँछ ।

दाँतमा लामो समय समस्या भइरहे अन्य अंगमा पनि समस्या देखिन्छ  १–गिजा पाक्ने, गिजाबाट पिप वा रगत आउने । २–आँखा सुन्निने । ३–मुख सुन्निने । समयमै उपचार नभएर गिजा चिर्ने वा अन्य अंगमा पनि अप्रेसन गर्नु पर्ने हुनसक्छ ।

बच्चाको दाँतलाई यसरी सुरक्षित राख्नुस् १–आमाको दुधमा धेरै व्याक्टेरिया हुने भएकाले दुध चुसाए पनि सफा नरम कपडाले दाँत सफा गर्ने । २–बच्चाहरुको दाँत पलाएको छैन भने पनि गुलियो कुरा जस्तै दुध लिटो वा अन्य कुरा खुवाए पछि मनतातो पानी खुवाउने । ३–दाँत आएदेखिनै सानो नरम ब्रसले अभिभावकले विस्तारै ब्रस गरिदिने । ४–विशेष गरेर सुत्ने समयमा गुलियो कुरा नखुवाउने । ५–कम्तीमा दिनको दुई पटक बिहान बेलुका खाना खाए पछि दाँत ब्रस गरिदिने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप