शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

श्रीमानले राती घुरेर निन्द्रा बिग्रन्छ ? यो अपत्यारिलो स्मार्टबेडले तपाईंलाई सहयोग गर्नेछ

बिहीबार, २१ पुस २०७३, १० : १०
बिहीबार, २१ पुस २०७३

अमेरिकाको एक कम्पनीले एउटा यस्तो स्मार्टबेडको विकास गरेको छ जसले मानिसको घुर्ने बानी रोकी मिठो निन्द्राका लागि अधिकतम आरामदायी स्थिती पैदा गर्नका निमित्त आफैं मिल्ने (एडजस्ट) हुने गर्दछ ।

लस भेगसमा सीइएस व्यापार शोमा स्लिप नम्बरले यो ३६० स्मार्टबेडलाई पेश गरेको हो । यो आफै ‘एडजस्ट’ हुन्छ जसका कारण दुबै साथीलाई पूरा रात आरामदायी तरिकाले निदाउन सहयोग गर्दछ । यो स्मार्टबेडले आफ्नो म्याट्रेसलाई शरिरको विभिन्न पोजिसनमा फिट गराउन सक्छ, मालिकको सुत्ने तरिकालाई चिन्न सक्छ, समय भएपछि उठाउन पनि सहयोग गर्नुका साथै घुरेको आवाजलाई पहिचान गरी सुतिरहेका व्यक्तिको टाउको थोरै माथि उठाइदिने गर्दछ ।

म्याट्रेस कम्पनी स्लिप नम्बरले उत्पादन गरेको यो स्मार्टबेड यस वर्ष बिक्रिका लागि राखिने बताइएको छ । यसले मालिकको खुट्टासमेत तताइदिन्छ । साथै, मालिकको सुत्ने शैलीलाई डाटा बनाएर एपमा पनि पठाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप