शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

श्रीमतीलाई दैनिक एउटा केरा खुवाउनुहोस्, हुनेछन् यी १० फाइदा

शुक्रबार, २२ पुस २०७३, १३ : १८
शुक्रबार, २२ पुस २०७३

केरा पोटासियमको राम्रो स्रोत हो । यसले रक्तसंचार राम्रो बनाउँछ । साथै महिलाको स्वास्थ्यलाई विभिन्न फाइदा पुर्याउँछ । यहाँ दैनिक एक केरा खाँदा महिलाको स्वास्थ्यमा हुने फाइदाबारे जानकारी दिइएको छ ।

केरामा पाइने पोटोसियमको अत्यधिक मात्राले बाँझोपनबाट छुटकारा दिलाउँछ ।

महिनावारीको समस्याः

यसमा पाइने भिटामिन बीसिक्स महिनावारीको समस्या समाधान गर्न सहयोग गर्दछ ।

रक्तअल्पत्ताः

यसमा आइरन हुन्छ जसले रगतको कमी (एनिमिया) बाट बचाउन सहयोग गर्दछ ।

गर्भावस्था:

केरामा फोलिक एसिडको मात्रा अत्यधिक हुन्छ जसले गर्भवतीको समयमा निकै फाइदा पुर्याउँछ ।

मस्तिष्क क्षमताः

केरामा भिटामिन बीसिक्सको मात्रा अत्यधिक हुन्छ । यो खाँदा दिमागको ताकत बढ्ने गर्दछ ।

कमजोरीः

यसमा भिटामिन सी हुन्छ जसले कमजोरी टाढा राख्छ र ऊर्जा मिल्छ ।

बलियो हड्डीः

यसमा पाइने क्याल्सियमले हड्डीलाई बलियो बनाउन सहयोग गर्दछ ।

चम्किलो छालाः

यसमा भिटामिन इ हुन्छ । यो खाँदा छालामा चमक आउँछ र चाउरीपनाबाट जोगाउँछ ।

तौल कमः

केरा खाँदा मेटाबोलिजम तेज हुन्छ । यसले तौल घटाउन सहयोग गर्दछ ।

डिप्रेशनः

यसमा ट्रिप्टोफेन हुन्छ जसले मुडलाई राम्रो बनाउन सहयोग गर्दछ र डिप्रेशनबाट बचाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप