डाक्टरका कुरा : चिसोबाट केटाकेटी जोगाउने टिप्स
डा. सुशीलकुमार राई जनस्वास्थ्य निरीक्षक दिङ्ला स्वास्थ्य चौकी, भोजपुर
यो मौसममा तराईका जिल्लामा शीतलहरले जनजीवन कष्टकर बनाउँछ । हिमाली क्षेत्रमा हिमपातले उत्तिकै सताउँछ । पहाडमा पनि चिसोको समस्या बढी नै हुन्छ । चिसोले बालबच्चा र बूढाबूढीलाई बढी असर गर्छ । शीतलहर र हिमपातकै कारण हरेक वर्ष धेरैको ज्यान जाने गरेको पनि छ । साना केटाकेटीलाई चिसोबाट जोगाउन निकै सजगता अपनाउनुपर्छ ।
भोजपुरका जनस्वास्थ्य निरीक्षक डा. सुशीलकुमार राईले चिसोबाट केटाकेटी जोगाउने उपाय सिकाएका छन् : साना बच्चालाई शीतलहर चलेको मौसममा दूध चुसाउनेबित्तिकै भुइँमा छाड्ने या सुताउने गर्नु हुँदैन । चिसोले शरीरका विभिन्न अंगमा आक्रमण गरिरहने हुनाले शीतलहरको समयभर दूध खुवाउँदा पनि सुतेर खुवाउनु हुँदैन । अधिकांश आमाले यस्ता कुरामा ध्यान दिन नसक्दा शिशुले बान्ता गर्छन् । बान्ता श्वासनली हुँदै फोक्सोमा पुग्यो भने निमोनिया तथा छातीमा संक्रमणको खतरा हुन्छ ।
यो समयमा बच्चालाई चिसो खानेकुरा दिनु हुँदैन । गाई–भैँसीको दूध पिलाउँदा राम्रोसँग उमालेर प्रयोग गर्नुपर्छ । जहिले पनि खुवाउनुअघि उमालेकै हुनुपर्छ । प्याकेटको दूध प्रयोग नगर्नु राम्रो हुन्छ । राम्रोसँग उमालेको दूधले चिसोबाट बच्चालाई जोगाउन मद्दत गर्छ । बजारमा केटाकेटीका लागि उपलब्ध खानेकुरा तथा खेलौना दिँदा पनि ध्यान पुर्याउनुपर्छ । के खुवाउने भन्ने विषयमा विशेषज्ञ चिकित्सकको सल्लाह लिनुपर्छ ।
जाडोमा न्यानो बनाउने भन्दै बच्चालाई बढी तौल भएका कपडाले छोपेर सुताउनु हुँदैन । चिसोमा सिरकभित्र पसेपछि सबै आनन्दले निदाउने हुँदा बच्चा निसासिएको पनि पत्तो नहुन सक्छ । कहिलेकाहीँ बच्चा आरामले सुतिरहेको भन्ने भ्रम परिरहेको हुन्छ भने बच्चाको ज्यान गइसकेको पनि हुन सक्छ । चिसोमा बच्चाको शरीर तताउन र रक्तसञ्चार राम्रो होस् भनेर तेल लगाउने गरिन्छ । शुद्ध तोरीको तेलले सेक्नु राम्रो पनि मानिन्छ ।
तर, कहिलेकाहीँ तेलको गलत प्रयोग हुन सक्छ । परिवारका सदस्यले विशेष ध्यान दिनुपर्छ । नजिकै राखेको तातो तेल पोखिएर बच्चालाई पोल्न पनि सक्छ । चिसोका कारण बच्चाको नाक बन्द हुने समस्या निकै बढी हुन्छ । यस्तो अवस्थामा मनतातो नुनपानी घोलेर एक थोपा नाकमा राखिदिए श्वासप्रश्वास सहज हुन्छ ।
कोठा तातो बनाउने नाममा झ्यालढोका बन्द गरेर हिटर बाल्ने, धुवाँ भएको आगोमा बच्चालाई सेकाउनु हुँदैन । यसले बच्चाको फोक्सोमा असर पुर्याउन सक्छ । कोठामा झ्यालढोका बन्द गरेर हिटर जलाउँदा अक्सिजन कम भएर परिवारका सबै सदस्यको स्वास्थ्यमा असर पार्न सक्छ । बच्चालाई छिटो असर गर्छ । निसासिएर ज्यान जान सक्छ
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण