डाक्टरका कुरा : अल्कोहल सेवनपछि के खाने, के नखाने ?
डा. महेन्द्रबहादुर विष्ट, पूर्वनिर्देशक स्वास्थ्य सेवा विभाग
अघिल्लो रात पिएको अल्कोहलले भोलिपल्ट टाउको दुख्दा औषधिको रूपमा अलिकति रक्सी नै खाने गरेको देखिन्छ । यो एकदमै गलत तरिका हो । रक्सी एकदमै बढी जलवियोजन उत्पन्न गर्ने पेय हो । जसको तत्काल असर दिमागमा परेको हुन्छ । त्यसैले अल्कोहल सेवनपछि खानुपर्ने कुरामा विशेष ध्यान दिनुपर्छ । -
अल्कोहलले दिमागको कार्यप्रणालीलाई सुस्त बनाई चेतना, विवेक र होस खल्बल्याउँछ । साथै, स्मरणशक्ति र सिर्जनशीलता गुम्ने, मानिस शंकालु हुने, कसैमाथि पनि विश्वास नहुने, जिम्मेवारीको भावना लोप हुँदै जाने हुन्छ । यसरी अल्कोहलिक हुँदा बुद्धि र विवेकजन्य पक्षमा गम्भीर ह्रास आउँछ । अनेकौँ अपराधमा संलग्न हुने कारण पनि यही हो । यसले केन्द्रीय स्नायु प्रणाली र दिमागको कार्यक्षमता र प्रणालीलाई झन् मन्द बनाउँछ । रक्सीले पाचन प्रणाली, कलेजो र पेट खराब गर्नाले बान्ता हुन्छ ।
डिहाइड्रेसन गराउने भएकाले अल्कोहल पिउनुभन्दा कम्तीमा एक घन्टाअघि र पिएको एक घन्टापछि फलफूलको रस, पानी पिउनु बेस हुन्छ । साँझ रक्सी पिएको छ भने पेट बिग्रने सम्भावना हुन्छ । यसलाई घटाउन भोलिपल्ट बिहान एउटा स्याउ, स्ट्रबेरी वा ‘बेरी’ प्रजातिका फलफूल खानु उत्तम हुन्छ । नुनमा लवण र पानीको मात्राले ‘इलेक्ट्रोलाइट’ तत्वको क्षतिलाई ठीक गर्छ । जुन तत्वले शारीरिक क्रियाशीलतामा मनोवैज्ञानिक सन्तुलन मिलाउँछ ।
साल्मोन जातको माछामा हुने ‘भिटामिन बी–६’ र ‘ओमेगा–३’ ले टाउको वा जिउ दुख्ने समस्या हट्छ । ओमेगा–३ ले मनस्थिति (मुड) ठीक गर्न सहयोग पुर्याउँछ । साल्मोन नपाए पनि हामीकहाँ ट्राउट माछा पाइन्छ । पुदिना वा काँचो अदुवा पिसेर तिल, टिमुर आदि पनि लगाएर बनाएको चटनीले वाकवाकी, डकार, पेट तथा वायुसम्बन्धी समस्या (ग्यास्ट्रिक डिस्ट्रेस) हटाउने भएकाले रक्सीपछिको खानासँग लिनु राम्रो हुन्छ । रक्सी खाएपछि कम्तीमा २४ घन्टासम्म चिया, कफीजस्ता ‘क्याफिन’युक्त पेय नलिनु उत्तम हुन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण