शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

उपत्यकाका विभिन्न स्थानमा विषादी परीक्षण सुरु

बुधबार, २७ पुस २०७३, १५ : ३१
बुधबार, २७ पुस २०७३

ललितपुर-किसानले विषादी हालेको तरकारी कालीमाटी बाहेक अरु बजारमा बिक्री गर्न थालेपछि बाली संरक्षण निर्देशनालयले उपत्यकाका अन्य स्थानमा समेत विषादी परीक्षण सुरु गरेको छ । उपत्यकामा तरकारी र फलफूल भित्रने नाकालाई लक्षित गरेर परीक्षण थालिएको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले जानकारी दिए । थानकोट, फर्पिङ, बालाजु, जगातीलगायत उपत्यकामा तरकारी भित्रने नाका लक्षित गरेर तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण थालेको शर्माको भनाइ छ । “कालीमाटी बजारमा मात्रै विषादीको परीक्षण हुँदा अन्य स्थानमा विषादी भएका तरकारी÷फलफूल बिक्री हुनसक्ने देखियो,” उनले भने । कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा दुई वर्षदेखि विषादी अवशेष द्रूत विश्लेषण इकाइको स्थापना गरेर नियमित परीक्षण गरिँदै आएको छ । परीक्षण सुरु हुँदा दैनिक तीन÷चार वटासम्म नमुनामा विषादी पाइए पनि अहिले महिनाको एक/दुईवटा नमुनामा मात्रै विषादी पाइन थालेको शर्मा बताउछन् । नेपालमा अत्यन्त घातक मानिने १६ वटा विषादी प्रयोग गर्न प्रतिबन्ध लगाएको निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप