बन्ने भयो स्वास्थ्य चौकी भवन, दश हजार स्थानीयवासी लाभान्वित हुने
शुक्रबार, २९ पुस २०७३, ०९ : ३१
पाल्पा - साँखर स्वास्थ्य चौकीको पक्की भवनको निर्माण कार्य सुरु भएको छ । नेपाल सरकारको एक करोड ५३ लाख ५० हजार पाँचसय ९४.९३ पैसाको लागतमा नयाँ स्वास्थ्य चौकीको भवन निर्माण हुने भएको हो ।
सो भवन निर्माणका लागि श्री थेगिम मनो जेभी कम्पनीले २०७३ साल असोज २३ मा ठेक्का सम्झौता गरी १८ महिनामा सम्पन्न गर्ने गरी जिम्मा लिएको कम्पनीका ठेकेदार प्रेम पहारीले बताए ।
दुईतले १२ कोठासहितको भवन निर्माण भएपछि यहाँ स्वास्थ्य चौकीले प्रदान गर्ने सेवा, सुरक्षित गर्भपतन सेवा, मातृ शिशु लगायतका विभिन्न सेवा प्रवाह हुनेछ ।
स्वास्थ्य चौकी निर्माण भएपछि साँखर र गजरकोटका करिब दश हजार स्थानीयवासी लाभान्वित हुने स्थानियवासी देवराज भट्टराईले बताए ।
भौतिक संरचना बलियो नहँुदा स्वास्थ्य सेवा प्रवाहमा समस्या आएपछि यहाँका स्थानीयवासी, राजनीतिक दल, समाजसेवी तथा बुद्धिजीविको पहलमा नयाँ पक्की भवन निर्माण हुन लागेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण