माघे संक्रान्तिमा खाइने तिलको लड्डुले तौल घटाउँछ, थाहा पाउनुस् अन्य १० अपत्यारिला फाइदा
माघे संक्रान्ति हिन्दुहरुले मनाउने विभिन्न चाड मध्येको एक हो । यो नेपाललगायत भारतमा पनि मनाइने गरिन्छ । यो दिनमा घ्यू, चाकू, तरुल, तिलको लड्डुलगायत विभिन्न खानेकुरा खाने गरिन्छ । यस दिन तिलको लड्डुले विशेष महत्व राखेको हुन्छ ।
हामीमध्ये धेरैलाई मनपर्ने तिलको लड्डुले स्वास्थ्यमा विभिन्न फाइदा पुर्याउँछ भन्ने बारे धेरैलाई थाहा नहोला । जाडोयाममा यस्तो लड्डु खाँदा शरिरमा चिसोको असर कम हुने गर्दछ ।
तौल कम गर्छः
तिलको लड्डु सख्खरको मिश्रणले बनाइने भएकाले यी दुईको सेवनले शरिरको मेटाबोलिजम बढाएर तौल कम गर्न सहयोग गर्दछ ।
सुन्दरता बढाउँछः
तिलसँगै सख्खर खाँदा शरिरको टक्सिन बाहिर आउँछ जसले छालालाई नरम र चम्किलो बनाउँछ ।
मुटु रोगः
यसमा पोटासियम हुन्छ जसले मुटु रोगको समस्याबाट बच्न सहयोग पुर्याउँछ ।
रुघा खोकीः
यो खाँदा शरिरमा प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ र रुघा खोकीबाट राहत प्रदान गर्दछ ।
क्यान्सरः
तिलमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सरको सेल्सको गठन हुन रोकिदिन्छ ।
जोर्नी दुखाईः
यसमा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन सहयोग गर्दछ र जोर्नी दुखाईबाट राहत प्रदान गर्दछ ।
पाचनमा सहयोगः
शख्खरमा र तिलमा फाइबर हुन्छ जसले पाचन शक्तिलाई बलियो बनाउँछ र कब्जियतको समस्याबाट बचाउँछ ।
चोटपटकः
यसमा जिंक हुन्छ जसले चाँडै नै चोटपटक ठिक गर्न सहयोग गर्दछ ।
गर्भावस्थामाः
सख्खर र चनामा आइरनको मात्रा अत्यधिक हुन्छ जसले गर्भावस्थाको क्रममा रगतको कमी टाढा राख्न मद्दत गर्दछ ।
माघे संक्रान्तिमा किन खाइन्छ तिलको लड्डु ? यस्तो छ वैज्ञानिक कारण
माघे संक्रान्तिमा तिल र सख्खरको सेवन गर्नुको पछाडि पनि वैज्ञानिक कारण छ । चिसो मौसममा जब शरिरलाई गर्मीको आवश्यकता हुन्छ तब तिल–सख्खरको यो लड्डुले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । तिलमा तेलको प्रचुरता हुन्छ र यसमा प्राटिन, क्याल्सियम, बी कम्प्लेक्स र कार्बोहाइड्रेट आदि तत्व पाइन्छ । यसका साथै सख्खरले पनि शरिरमा गर्मी पैदा गर्छ । तिल र सख्खर मिसाएर जुन लड्डु बनाइन्छ त्यसले चिसो मौसममा हाम्रो शरिरलाई आवश्यक गर्मी प्रदान गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण