यी हुन्, दाँतमा देखिने समस्या, यसरी गरौँ ख्याल
आइतबार, ०२ माघ २०७३, १२ : ३३
खाना खाने तरिका तथा मुख स्वास्थ्यमा ख्याल नगर्दा धेरैलाई दाँतको समस्या हुने गरेको छ । कतिपयलाई चकलेटजस्ता गुलियो परिकार सेवनले मात्रै दाँतलाई खराब गर्छ भन्ने भ्रम छ । गुलियो खानासाथ मुखको सफाइ गर्दा दाँतलाई खासै समस्या हुँदैन । तर, मुख स्वास्थ्यमा ध्यान नदिने हो भने जस्तोसुकै परिकार सेवन गर्दा पनि दाँतलाई असर पर्छ ।
दाँतमा समस्या हुने कारण तथा बलियो दाँतका लागि अपनाउनुपर्ने उपायबारे दन्त चिकित्सक नीरज पन्तको सुझाब यस्तो छः
खानेकुरा दाँतमा अड्किएपछि त्यसबाट थप एसिड उत्पादन हुन थाल्छ । सो एसिडका कारणले दाँतमा खोक्रो हुने समस्या देखिन थाल्छ ।
विशेषगरी बालबालिकालाई गुलियो खानेकुरा दिँदा दा“तमा किरा लाग्छ भन्ने भन्ने भ्रम छ । तर, गुलियोले मात्रै दाँतलाई खराब गर्ने होइन । नियमित मुखको सफाइ गर्ने हो भने जे खाए पनि हुन्छ ।
गुलियो मात्रै होइन, जुनसुकै खाद्यपदार्थले पनि दाँत बिगार्छ । यदि त्यो दाँतमा अड्किएर बसेको छ भने । तर, चकलेट र मिठाइ खाँदा ती पदार्थ दाँतको चेपमा अड्किने सम्भावना बढी हुन्छ । त्यहीँबाट एसिड उत्पादन सुरु हुने र दाँत किराले खाने समस्या निम्तिन्छ । चिनीपानी, महजस्ता गुलियो चिज खाँदा त्यसको असर भने कम हुन्छ ।
एसिडले दाँतको बाहिरी भाग अर्थात् इनामेल पगालेपछि त्यसभित्रका भागमा असर पार्न थाल्छ । इनामेल पगालेपछि ब्याक्टेरियाले भित्रको भागलाई असर पु¥याउन सजिलो हुन्छ । जब दाँत खोक्रो हुँदै जान्छ, तब खानेकुरा त्यहीँ गएर अड्किन्छ ।
कसरी जोगाउने ?
बिहान–बेलुका खाना खाइसकेपछि फ्लोराइडयुक्त मन्जनले दाँत माझ्नुपर्छ । दाँत माझ्दा चपाउने भागमा पनि मज्जाले ब्रस चलाउनुपर्छ ।
बच्चालाई सुतेर दूध या अन्य कुनै पनि खानेकुरा खान दिनु हँुदैन । त्यसरी दिँदा खानेकुरा मुखभर रहन्छ । जसले गर्दा दाँतमा एसिड उत्पादन भई दाँतको बनावटमै समस्या देखा पर्न सक्छ ।
कोल्ड ड्रिंक्स पिउँदा सकेसम्म पाइपको प्रयोग गर्नु राम्रो हुन्छ । बोतलबाट वा गिलासबाट पिउँदा दाँतको बाहिरी भाग अर्थात् इनामेल खियाउने काम गर्न सक्छ । तर, पाइपबाट पिउँदा दाँतलाई त्यति असर गर्न सक्दैन ।
बिस्कुट चक्लेट तथा अन्य खानेकुरा खाइसकेपछि सकेसम्म मुख कुल्ला गर्ने बानी बसाल्नुपर्छ ।
हल्का कालो वा पहेँलो दाँत देखिनासाथ उपचारका लागि सम्पर्क गर्ने । सुरुमै परीक्षण गराउँदा दाँतको उपचार सहज हुन्छ
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण