शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

कसरी लिने सवारी कर्जा ?

आइतबार, ०२ माघ २०७३, १३ : ०७
आइतबार, ०२ माघ २०७३

नेपालमा प्राइभेट सवारीसाधन हुनेहरूको संख्या दिनानुदिन बढिरहेको छ । बैंक तथा वित्तीय संस्थाले सवारीसाधन खरिद गर्न सहज रूपमा कर्जा उपलब्ध गराउन थालेपछि गाडी चढ्ने इच्छा धेरैले पूरा गर्न पाएका छन् । सोही कारण नेपालमा कारधनीको संख्या बढेको छ । जोखिम पनि धेरै नहुने कारण हरेक बैंकले अटोलोनलाई प्राथमिकता पनि दिँदै आएका छन् । वित्तीय संस्थाले व्यावसायिक प्रयोजन र व्यक्तिगत प्रयोजनमा प्रयोग गरिने सवारीसाधनका आधारमा फरक–फरक तरिकाले कर्जा उपलब्ध गराउँछन् । व्यक्तिगत प्रयोजनका लागि बैंकमार्फत सवारी खरिद गर्दा विभिन्न विषयमा ख्याल राख्नुपर्छ । अन्यथा, त्यसले पछि धेरै समस्या पार्न सक्छ । ग्राहकको आवश्यकता र मागअनुसार कृषि विकास बैंकले पनि यस्तो कर्जा उपलब्ध गराउँदै आएको छ । सवारी कर्जा लिँदा ध्यान दिनुपर्ने विषयबारे कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेल यसो भन्छन्ः

सवारीसाधन कर्जा चाहने व्यक्तिले सबैभन्दा पहिला आफ्नो आवश्यकताको पहिचान गर्नुपर्छ । त्यस्तै, खरिद गर्न चाहेको गाडीको ब्रान्ड, मोडेल तथा त्यसको मूल्यमा पनि ध्यान दिनुपर्छ । आफूले किन्न चाहेको सवारीको मोडेल निश्चित भएपछि सोहीअनुसार बैंकमा कर्जाको माग गरिन्छ ।

यसरी विक्रेता कम्पनीबाट गाडीको कोटेसन बैंकमा पठाएपछि सम्बन्धित बैंकले कर्जा प्रदान गर्ने कार्यलाई अगाडि बढाउँछ । सामान्यतया सवारी कर्जामा वित्तीय संस्थाहरूले ७० प्रतिशत कर्जा उपलब्ध गराउँछन् । तर, ग्राहक र बैंकको सम्बन्ध राम्रो भएको खण्डमा ८० प्रतिशत पनि दिन सक्छ । ग्राहकले डाउन पेमेन्टको रूपमा भुक्तानी गर्नुपर्ने रकम तिरेपछि मात्रै बाँकी रकमका लागि बैंकले फाइनान्स गर्छ ।

बैंकले कर्जा प्रवाह गर्दा धरौटीको रूपमा सोही सवारीसाधनलाई राख्ने गर्छ । कर्जा उपलब्ध गराएपछि सो सवारीसाधन बैंककै नाममा पास हुन्छ । डाउनपेमेन्टको रकम तिरेपछि गाडी विक्रेताले कोटेसनसहित बैंकको कर्जा माग फाराम भर्नुपर्दछ । फाराम भर्नेे वेलामा नागरिकताको फोटोकपी, फोटो दुई प्रति र आम्दानीको स्रोत खुल्ने कागजात अनिवार्य आवश्यक पर्छ । कुनै कम्पनीले गाडी खरिद गर्न चाहेमा भने कम्पनीको ब्यालेन्स सिट, बोर्ड माइनुटिङ, ट्याक्स क्लियरेन्स सर्टिफिकेट पेस गर्नुपर्दछ । त्यसपछि बैंकमा ऋणीले खाता खोल्नुपर्छ ।

ऋणीसँग आवश्यक तमसुक गराएर बैंकले गाडी विक्रेता कम्पनीलाई डेलिभरी अर्डरको चिठी पठाउँछ ।

विक्रेता कम्पनीले डेलिभरी अर्डरको चिठी पाएपछि उक्त गाडी ऋणीलाई प्रदान गर्छ । यसरी बैंकबाट सवारी कर्जामार्फत लिएको गाडीको बिलबुक भने बैंकको नाममा हुन्छ । ऋणीले बैंकमा मासिक रूपमा सावाँ र ब्याज गरी किस्ता बुझाउनुपर्छ । प्रत्येक महिनाको निश्चित दिनमा किस्ता बुझाउन नसकेमा भने जरिवाना तिर्नुपर्ने हुन्छ ।

धेरै समय नै किस्ता नबुझाएमा भने बैंकले गाडी जफत पनि गर्न सक्छ । निश्चित वर्षमा किस्ता पूरै बुझाएर बैंकको सबै ऋण चुक्ता गर्ने सम्झौता सवारी कर्जामा गरिएको हुन्छ । त्य

सैले आफूसँग पैसा छ भन्दैमा अगाडि नै कर्जा भुक्तानी गर्न पनि मिल्दैन । यदि यसरी भुक्तानी गर्नैपर्ने भएमा बैंकलाई थप शुल्क बुझाउनुपर्ने हुन्छ ।

नयाँ पत्रिकाबाट

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप