शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

फेसबुकमा नोटिफिकेसन आएर हैरान हुनुहुन्छ ? यसरी बन्द गर्नुहोस्

आइतबार, ०२ माघ २०७३, १४ : ४१
आइतबार, ०२ माघ २०७३
फेसबुकमा अनावश्यक नोटिफिकेसन आएर हैरान हुनुभएको छ ? कहिले बर्थडे, कहिले लाइभ भिडियो, कहिले कुनै पेज या केही न केही नोटिफिकेसन आएर हैरान नै परिन्छ । तपाईं पनि नोटिफिकेसनको तनावमा हुनुहुन्छ भने अब तनाव लिन छाड्नुहोस् । यस्ता नोटिफिकेसनबाट मुक्ति पाउन सकिन्छ । कम्प्युटर टेक्निसियन युवराज भट्टराईले ट्रिक्स सिकाएका छन् : - स्टेप १ सबैभन्दा पहिले आफ्नो कम्प्युटर, ल्यापटप या मोबाइलमा फेसबुक अकाउन्ट लगइन गर्नुहोस् । स्टेप २ अब नोटिफिकेसनमा जानुहोस् । यसको आइकन म्यासेज आइकनको सँगै दायाँपट्टि देखिन्छ । स्टेप ३ नोटिफिकेसनमा क्लिक गर्नुहोस् जहाँ Mark All As Read, Mute र Settings अप्सन देख्नुहुन्छ । तपाईं क्भततष्लनक अप्सनमा जानुहोस् । स्टेप ४ अब एउटा विन्डो खुल्छ जसमा नोटिफिकेसनबारे पूर्ण जानकारी दिएको हुन्छ । अब तपाईं चाहेको नोटिफिकेसन बन्द गर्न सक्नुहुन्छ । यहाँ तपाईं सबैखाले नोटिफिकेसन बन्द गर्न सक्नुहुन्छ, चाहे वर्थडेको होस् या फ्रेन्ड एक्टिभिटी । स्टेप ५ नोटिफिकेसन सधैँका लागि बन्द गर्न चाहनुहुन्न, तर केही मिनेट या घन्टाका लागि मात्रै बन्द गर्न चाहनुहुन्छ भने नोटिफिकेसन आइकनको mute अप्सनमा गएर क्लिक गर्नुहोस् । स्टेप ६ तपाईं कति समयसम्म नोटिफिकेसन बन्द गर्न चाहनुहुन्छ त्यहाँ स्पष्ट आधार दिएको हुन्छ । १५ मिनेटदेखि २४ घन्टासम्म नोटिफिकेसन म्युट गर्ने अप्सन दिएको हुन्छ । आफ्नो खुसीले सेटिङ या म्युट अप्सनमा गएर चाहेअनुसार नोटिफिकेसनको तनावबाट मुक्ति पाउन सक्नुहुन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप