अनुहारबाट थाहा पाउनुहोस् आफ्नो रोग, यी संकेतलाई बेवास्ता नगर्नुहोस्
रोगको कुनै न कुनै संकेत अवश्य हुन्छन् । निकै ध्यान दिएर हेर्ने हो वा याद गर्ने हो भने शरिरमा कस्तो रोग लागेको छ त्यो पत्ता लगाउन सकिन्छ मात्र कस्तो रोग लाग्दा कस्तो संकेत हुन्छन् भन्ने बारे सचेत हुन आवश्यक छ । आज हामी तपाईं यसबारे ८ जानकारी दिँदै छौं ।
अनुहार सुन्निएमाः
मृगौलाको समस्या
यदि अनुहार पूरै सुन्निन्छ भने यो मृगौला रोगको संकेत हो । यो समस्या औषधीको साइडइफेक्टका कारण पनि हुनसक्छ ।
दाह्री झर्नुः
हाइपोथायराइडिजम्ः
पुरुषको दाह्रीको झर्न थाले हाइपोथाइराइडिजम्को संकेत हुनुक्छ । यो समस्या एनिमियाका कारण पनि हुनसक्छ ।
अनुहारमा रौंः
थाइराइड
महिलाको ओठ माथि र चिउँडोमा रौं आउन थाले यो थाइराइड वा हर्मोनमा असुन्तुलनको संकेत हुनसक्छ ।
अनुहार पहेंलोः
कलेजोको रोग
लामो समयसम्म अनुहार पहेंलो भए कलेजोको समस्याको संकेत हुनसक्छ । साथै यो जन्डिस वा रक्तअल्पत्ताको संकेत पनि हुनसक्छ ।
अनुहारमा सेतो दागः
क्याल्सियमको कमी
अनुहारमा सेतो दाग हुनु क्याल्सियमको कमीको संकेत हुनसक्छ । साथै, यो आइरनको कमी वा पेटको किरा भएको संकेत पनि हुनसक्छ ।
स्पष्ट रुपमा देखिने चम्किलो सेतो दागः
कुष्ठ रोग
अनुहारमा चम्किलो सेतो दाग हुनु कुष्ठरोगको संकेत हुनसक्छ । यो समस्या निकै गम्भीर हुने गर्दछ । त्यसकारण तुरुन्त डाक्टरलाई भेट्न आवश्यक छ ।
पानी फोकाः
ठेउला
अनुहारमा पानी फोका आउनु ठेउलाको संकेत हुनसक्छ । यसमा व्यक्तिलाई ज्वरो पनि आउन थाल्छ ।
अनुहारमा डण्डिफोरः
हर्मोनमा असन्तुलनः
अनुहारमा लामो समयसम्म डण्डिफोरको समस्या हुनु हर्मोनको असन्तुलनको संकेत हुनसक्छ । पेट सम्बन्धि रोगका कारण पनि यो समस्या निम्तिन सक्छ ।
अनुहार सुन्निएः
एन्जियोएडिमाः
लगातार थुप्रै दिनसम्म अनुहार सुन्निरहनु एन्जियोएडिमाको संकेत हुनसक्छ ।
अनुहारमा हल्का दागः
पेटमा किरा
यदि अनुहारमा हल्का सेतो दाग देखिए यो पेटमा किरा भएको संकेत हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
-
काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
-
गणेश नेपालीको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ वीर अस्पतालमा
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण