खाली पेट बिर्सेर पनि नखानुहोस् यी खानेकुरा, गम्भीर समस्या निम्तिन सक्छ
खाली पेट हुँदा पेटमा एसिडको मात्रा बढ्ने गर्दछ । यस्तो अवस्थामा एसिड बढाउने खानेकुरा खाँदा पाचनक्रिया सम्बन्धी समस्या हुन्छ जस्तै ग्याँस वा कब्जियतको सम्भावना बढ्ने गर्दछ । यस्तै १० खानेकुरा छन् जुन खाली पेट खाँदा स्वास्थ्यमा नकारात्मक असर पुग्ने गर्दछ ।
केराः
केरामा म्याग्नेसियमको मात्रा अत्यधिक हुन्छ । यसलाई खाली पेट खाँदा शरिरमा क्याल्सियम र म्याग्नेसियमको स्तर बिग्रने गर्दछ ।
के हुन्छ ?
छातीमा जलन
पाचनक्रिया कमजोर हुने सम्भावना हुन्छ ।
सुन्तलाः
सुन्तलामा अर्गेनिक एसिड हुन्छ । खाली पेट शरिरमा यसै पनि एसिड धेरै हुन्छ । यदि यस्तो अवस्थामा सुन्तला खानुहुन्छ भने एसिडको मात्रा बढ्नेछ ।
के हुन्छ ?
पेट र छाती पोल्ने । पत्थरीको समस्या हुनसक्छ ।
शख्खरखण्डः
यसमा ट्यानिन र प्याक्टिन हुन्छ जुन खाली पेटमा पच्दैन ।
के हुन्छ ?
पाचनक्रिया खराब हुनसक्छ । छातीमा जलन हुने आशंका रहन्छ ।
दूधः
यसमा पाइने स्याचुरेटेड फ्याट र प्रोटिनको पेटको मांसपेशीलाई कमजोर गर्नेछ ।
के हुन्छ ?
पाचनक्रियामा प्रभाव पर्नेछ । खोकीको आशंका बढ्नेछ ।
गोलभेडाः
खाली पेट गोलभेंडा खाँदा यसमा हुने एसिड पेटमा नघुल्ने जेल पैदा गर्दछ ।
के हुन्छ ?
पत्थरीको समस्या हुनसक्छ ।
ग्रीन टीः
ग्रीन टीमा पाइने क्याफिनले शरिरमा एसिडको स्तरलाई बढाउँछ ।
के हुन्छ ?
एसिडिटी हुन्छ । पाचनक्रियामा असर पर्छ ।
चीनिः
खाली पेटमा चीनी वा गुलियो खानेकुरा खाँदा रगतमा चीनिको मात्रा बढ्ने गर्दछ ।
के हुन्छ ?
एक सीमासम्म यसले ऊर्जा दिन्छ । धेरै हुँदा थकान हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण