शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

सजिलै बनाउन सकिन्छ तन्दुरी चिकेन

बुधबार, १९ माघ २०७३, ११ : ३९
बुधबार, १९ माघ २०७३
सुन्दर श्रेष्ठ, एक्जुेकेटिभ सु सेफ, ग्रान्ड होटल, चाहाचल नेपालमा पनि अधिकतम रुचाइन्छ । सबै उमेर र वर्गले मन पराउने तन्दुरी चिकेन सामान्य ढावा, रेस्टुरेन्टदेखि पाँचतारे होटेलमा समेत पाइन्छ । यो मसलेदार परिकार पनि हो । तन्दुरी चिकेन बढीजस्तो स्न्याक्सका रूपमा सेवन गरिन्छ । पकाउँदा होल चिकेन ८ सय ग्रामदेखि १ किलोग्राम भए राम्रो हुन्छ । यो तौलका चिकेनमा कम रेसादार हुन्छ । जसले गर्दा पकाउन सजिलो तथा खाँदा पनि स्वादिलो हुन्छ । बनाउने विधि सुरुमा एउटा भाँडामा ह्याङ कट राख्ने । त्यसपछि सो ह्याङ कटमाथि तोरीको तेल राख्ने । योसँगै अदुवा–लसुनको पेस्ट, रेड कलर, कागतीको रस, मेथीको पात, कास्मिरी मिर्च, जिरा पाउडर, धनियाँ पाउडर र नुन राखेर राम्ररी मोल्ने या घोल्ने । यसरी बनेको घोल होल चिकेनमा राम्ररी सबै भागमा पर्ने गरी मोल्ने । यसरी मोलेको होल चिकेन सरिया (लामो फलामको छडी) ले उनेर झुन्ड्याउन मिल्ने बनाउने । यसरी उनेको होल चिकेनलाई तन्दुरीभित्र सेकाउने । सो होल चिकेन करिब आधा घन्टा कोइलाको तन्दुरीमा सेकाउने । यसरी सेकाएपछि सो होल चिकेनको कलर रेड हुन्छ । होल चिकेन पाक्नासाथ खान योग्य भए पनि थप मसलाले मोल्नुपर्छ । त्यसका लागि बटर, धनियाँको पात र चाट मसलाले संयुक्त रूपमा सबैतिर बराबर पर्ने गरी मोल्नुपर्छ । यसरी मोलेपछि तन्दुरी चिकेन खानका लागि तयार हुन्छ । तयार भएको तन्दुरी चिकेन पुदिनाको अचारसँग खाँदा निकै स्वादिलो हुन्छ । आवश्यक सामग्री होल चिकेन १ थान नुन ५ देखि १० ग्राम कास्मिरी खुसार्नी पाउडर : १५ ग्राम ह्याङ कट (छानेको दही) : २०० ग्राम अदुवा–लसुन पेस्ट : २००  ग्राम तोरीको तेल : २०० एमएल ओरेन्ज रेड कलर : आधा चिया चम्चा कास्मिरी मेथी (मेथीको पात): १० ग्राम कागतीको रस: ३० एमएल जिरा धुलो: २० ग्राम धनियाँ धुलो: २० ग्राम पुदिनाको अचार बनाउने तरिका आवश्यक सामग्री पुदिनाको पात : २०० ग्राम लसुन : २–३ पिस हरियो खुर्सानी : २–३ पिस दही : १०० एमएल नुन : १० ग्राम धनियाँको पात : एक मुठा यी माथिका सम्पूर्ण सामग्रलाई एकै ठाउँमा हाल्ने । यसरी हालेको सामग्रीलाई ग्राइन्डरको सहायताले मसिनो बनाउने । यसरी सजिलै पुदिनाको अचार बनाउन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप