फर्मा एक्सपो – २०१७ काठमाडौंमा सुरु (फोटोफिचर)
काठमाडौ –गुणस्तरीयताबाट आत्मनिर्भरतातर्फ भन्ने नाराका साथ फर्मा एक्सपो–२०१७ सुरु भएको छ ।
काठमाडौंको प्रदर्शनीमार्गमा शुक्रबारबाट सुरु भएको छैटौं फर्मा एक्सपोमा स्वदेशी तथा विदेशी औषधि र औषधि उत्पादन गर्ने प्रविधि तथा उपकरणको प्रदर्शनी गरिएको छ । एक सय ७ वटा स्टल रहेको प्रदर्शनीमा नेपाल, जर्मनी, भारत, चीनलगायत देशमा बनेका औषधिसँगै औषधि उत्पादन गर्ने प्राविधिक सामग्रीहरु राखिएको छ ।
प्रदर्शनी चिकित्सक र औषधि वितरकसँगै सर्वसाधारणका लागि समेत फलदायी हुने नेपाल औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष दीपक प्रसाद धितालले बताए ।
चिकित्सा शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीका लागि पनि औषधिबारे बुझ्न प्रदर्शनी सार्थक हुने आयोजकको भनाई छ ।
नेपाल औषधि उत्पादक संघले औषधि व्यवस्था विभाग, नेपाल उद्योग वाण्ज्यि महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल औषधि व्यवसायी संघ, नेपाल फर्मास्यूटिकल एशोशिएशन र नेपाल केमिकल एण्ड मेडिकल सप्लार्यस एशोशिएशन लगायतको सहयोगमा यो प्रदर्शनी गरेको हो ।
प्रदर्शनीको पहिलो दिन शुक्रबार दाँतसम्बन्धी रोगको निशुल्क उपचार गरिएको छ । आइतबारसम्म चल्ने प्रदर्शनीलाई ३० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।
तस्विर : विजु महर्जन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण