स्मरणशक्ति बलियो बनाउन यी १० कुरामा ध्यान दिनुहोस्
बुधबार, ०२ चैत २०७३, १० : ४०
अर्पण शर्मा , धेरै शब्द स्मरण गर्ने विश्व कीर्तिमानी
-विद्यार्थीले अध्ययन गर्दा हरेक शब्दलाई चित्रमा ढालेर पढ्नुपर्छ । हरेक कुरालाई फरक तरिकाले सोच्नुपर्छ ।
-रटेर पढ्दा दिमागमा घुस्दैन । त्यसैले हरेक शब्दलाई कोडिङ गरेर पढ्नुपर्छ ।
-निद्रालाई असर पर्ने गरी अध्ययन गर्नु हुँदैन । बिहान चाँडै उठ्न पनि अलार्मको प्रयोग गर्नु हुँदैन । निद्रा पुग्ने गरी सुत्नुपर्छ ।
-एक घन्टा पढ्दा २० मिनेट आराम गर्नुपर्छ । योगा र ध्यानले दिमागलाई तेजिलो बनाउँछ ।
-पालुंगोको साग, बदाम, ओखरले दिमागको स्मरणशक्ति बढाउँछ । त्यसैले खानामा यस्तो खाद्यको प्रयोग बढाउनुपर्छ ।
-सकेसम्म रातिभन्दा बिहान पढ्ने बानीको विकास गर्ने । राति अक्सिजन कम हुँदै जाने कारण पढेको सम्झन गाह्रो हुन्छ ।
पढ्दा गर्न नहुने काम
-अध्ययन गर्दा मस्तिष्कलाई नियन्त्रण गर्न खोज्नु हुँदैन ।
-निरन्तर नपढ्ने । ३० मिनेट पढ्दा १० मिनेट आराम गर्ने ।
-ढाड सीधा गरेर पढ्ने । अलार्मको प्रयोग नगर्ने । अलार्मले जबर्जस्ती उठाउँछ । बिस्तारै निद्राबाट आफैँ उठ्नुपर्छ ।
-घोकेर पढ्ने बानी तुरुन्तै छाड्नुपर्छ । एकान्तमा बसेर पढ्दा सम्झन सजिलो हुन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण