सात गोलको थ्रिलरमा चेल्सी विजयी
एजेन्सी
लण्डन, जेठ २ – वार्टफोर्डविरुद्ध संघर्षपूर्ण जीत निकाल्दै चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा प्रिमियर लिग जितेको खुसियाली मनाएको छ ।
सात गोल भएको रोमाञ्चक खेलमा चेल्सी ४–३ गोल अन्तरले विजयी बनेको हो ।
यस सिजन चेल्सी छाड्न लागेका जोन टेरीले खेलको २२ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । सेप्टेम्बरपछि पहिलो पटक खेलको शरुवाती टोलीमा परेका टेरीले गोल गर्दै यो सिजन चेल्सीका लागि सबै प्रतियोगितामा १ सयौँ गोल पनि पूरा गरेका छन् ।
तर, लगत्तै उनको गल्तीको फाइदा उठाउँदै इटिने कापुयेले गोल गर्दै वाटफोर्डलाई खेलमा फर्काए ।
सिजर एज्पिलिकुयेटाले गोल गर्दै चेल्सीलाई पुनः अग्रता दिलाए ।
खेलको दोस्रो हाफको शुरुवातमा नै मिची बात्सुयीले गोल गर्दै चेल्सीको अग्रता फराकिलो बनाए पनि डार्यल जनमातले वाटफोर्डका लागि गोल फर्काए ।
खेलको ७४ औँ मिनेटमा स्टेफानो ओकाकाले गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए पनि खेल सकिन दुई मिनेट बाँकी छँदा सिसेक फाब्रिगासले गोल गर्दै चेल्सीलाई जीत दिलाए । इन्जुरी समयमा सबास्टियन प्रोडीले रातो कार्ड पाए पनि वाटफोर्ड १० खेलाडीमा सिमित बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण