मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कृृषक समूहलाई पम्पसेट (बोरिङ) वितरण

मङ्गलबार, ०२ जेठ २०७४, ०९ : ४९
मङ्गलबार, ०२ जेठ २०७४
राजविराज  - सेभ द सप्तरीको स्पोनसरसिप कार्यक्रमअन्तर्गत जिल्लाको दक्षिणी भेगमा रहेका दलित एवम् अति पिछडिएका परिवारलाई जीविकोपार्जनका लागि सोमबार यहाँ पम्पसेट बोरिङ प्रदान गरिएको छ । राजविराजस्थित सेभ द सप्तरीको कार्यालयमा आयोजित पम्पसेट वितरण कार्यक्रममा सेभ द सप्तरीका अध्यक्ष ध्रुवकुमार देवले तीनवटा कृषक समूहलाई सतप्रतिशत निःशुल्क सिँचाइ गर्नेगरी प्रत्येक समूहलाई एक÷एक वटाका दरले पम्पसेट बोरिङ प्रदान गरेका छन् । सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीको आयोजनामा दिनारामभद्री कृषक समूह कोलाडी, सखडेश्वरी कृषक समूह छिन्नमस्ता, कमलामाई कृषक समूह कोचाबखारीसहित तीनवटा समूहलाई सो पम्पसेट बोरिङ वितरण गरिएको बताइएको छ । साथै, पम्पसेट ९बोरिङ०सहित बोरिङ डेलिभरी पाइप, हेड कल ट्युबेल लगायतका सामानसमेत वितरण गरिएको छ । वितरण गरिएको पम्पसेट ९बोरिङ०बाट धान, गहुँ, तथा तरकारीखेती लगायत अन्य खेती गरी जीविकोपार्जन गर्न सकिने र यसबाट भएको आम्दानीले घरमा पढाइबाट वञ्चित रहेका बालबालिकालाई पढाउने उद्देश्यले पनि पम्पसेट बोरिङ बाँडिएको सेभ द सप्तरीका फिल्ड अफिसर परमेश्वरप्रसाद मण्डलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप