खेलाडीको करार विवादले अस्ट्रेलियाली क्रिकेट संकटमा
एजेन्सी
सिड्नी, जेठ २ – खेलाडीहरुको करारमा देखिएको विवादका कारण अस्ट्रेलियाली क्रिकेटमा संकट देखिएको छ ।
उपकप्तान डेभिड वार्नरले विवादका कारण आगामी नोभेम्बरमा हुने इंग्ल्याण्डविरुद्धको एसेज सिरिजका लागि अस्ट्रेलियाली टोलीमा खेलाडीहरु उपलब्ध नहुने सम्भवना बढेको बताएका छन् । क्रिकेट अस्ट्रेलियाले गत मार्चमा पुरुष र महिला खेलाडीका लागि तलब बृद्धिको प्रस्ताव गरेको थियो तर, त्यसमा खेलाडीहरुले क्रिकेट अस्ट्रेलियाको फाइदाको हिस्सा नपाउने उल्लेख थियो । खेलाडीहरुले यो अफर अस्वीकार गरेपछि क्रिकेट अस्ट्रेलियाले ३० जुनपछि खेलाडीहरुलाई तलब नदिने बताएको थियो ।
वार्नर भने, ‘यदी स्थिति बिग्रियो भने एसेजका लागि खेलाडी नै उपलब्ध हुने छैनन् ।’
क्रिकेट अस्ट्रेलिया र अस्ट्रेलियन क्रिकेटर एसोसिएसनबीच विवाद बढेपछि खेलाडीहरुले हडताल गर्ने तयारी गरेको अस्ट्रेलियाका पूर्व कप्तान मार्क टेलरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण