मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरा लेखनाथ वडा नं १ मा एमाले विजयी

मङ्गलबार, ०२ जेठ २०७४, १० : १२
मङ्गलबार, ०२ जेठ २०७४
पोखरा - स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नं १ मा नेकपा एमाले को समूह विजयी भएको छ । कुल दुई हजार ४४३ मत खसेकोमा एमाले वडा अध्यक्ष पदका उम्मेदवार शारदा पराजुलीले एक हजार ११३ मत प्राप्त गरेका हुन् । उन्का प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार टङ्कनाथ पौडेलले ६९७ मत प्राप्त गरे । उक्त वडामा एमालेका नगरप्रमुख पदका उम्मेदवार मानबहादुर जिसीले एक हजार ६५ मत प्राप्त गर्नुभएको छ भने काँग्रेसका प्रमुख पदका उम्मेदवार रामजी कुँवरले ८३१ मत प्राप्त गरे । प्रमुख पदमा नेकपा माओवादी केन्द्रले काँग्रेसलाई समर्थन गरेको भएपनि माओवादी केन्द्रको चुनाव चिह्नमा ५१ मत परेको छ । वडा नं १ को मतगणना सकिएलगत्तै वडा २ को मत गणना कार्य सुरु भएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिए । उहाँका अनुसार मतगणना ढिलाइ भएका कारण सर्वदलीय बैठक बसेर अन्य ठाउँबाट पनि मत गणना सुरु गर्ने तयारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप