रामेछापमा मत गणना जारी, काँग्रेस ४ एमाले ३ र माओवादी १ वडामा विजयी
रामेछाप , जेठ २–रामेछाप जिल्लाका दुई नगरपालिका र ६ गाउँपालिकामा मत गणना जारी रहेको छ । मंगलबार विहानसम्मको मत परिणाम अनुसार नगरपालिका र गाउँपालिकामा गरि नेपाली काँग्रेस ४ वडामा विजयी भएको छ । त्यसैगरी नेकपा एमालेले ३ वटा वडा र माओवादी केन्द्रले १ वडामा विजय प्राप्त गरेको छ । नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिका वडा १ बाट नोर्वु शेर्पा, गोकुलगंगा–१ मा मणिकुमार लामा, मन्थली–२ बाट तरणीशंकर अधिकारी र मन्थली नगारपालिका–३ मा केशव रोका अध्यक्ष पदमा विजयी भएका हुन् । त्यसैगरी नेकपा एमाले रामेछाप नगरपालिका १ बाट नरबहादुर थापा, लिखु गाउँपालिका–१ बाट निङ्गमार तामाङ र गोकुलगंगा गाउँपालिकाबाट शेखरमान श्रेष्ठ विजयी भएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका नारायणदाश श्रेष्ठ मन्थली नगरपालिका–१ बाट निर्वाचित भएका छन् । मन्थली नगरपालिका–३ मा नेपालीकाँग्रेसको पूरै प्यानल विजयी भएको छ भने वडा नं. २ मा मिश्रीत मत परिणाम आएको छ । नेकपा एमालेको रामेछाप नगरपालिका–१, लिखु गाउँपालिका–१ र गोकुलगंगा–१ मा पूरै प्यानल निर्वाचित भएको छ । मत गणना जारी रहेको मन्थली नगरपालिमा नेपाली काँग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार विनोद कार्कीले १ हजार ४ सय ९१ मतले लिड गरिरहेका छन् भने उनको प्रतिस्पर्धी नेकपा एमालेका रमेशकुमार बस्नेतको १ हजार ३ सय ३१ र नेकपा माओवादी केन्द्रका तारानारायण श्रेष्ठको ३ सय ६८ मत रहेको छ । त्यसैगरी रामेछाप नगरपालिकामा नेकपा एमालेका मयेर पदका उम्मेदवार रोशन पाख्रिनले ४ सय ७९ मतका साथ अग्रता लिएका छन् भने उनको प्रतिस्पर्धी नेपाली काँग्रेसका नरबहादुर थापामगरको ३ सय ५८ र नेकपा माओवादी केन्द्रका शिशिर खड्गीको २ सय ३८ मत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण