ललितपुरको गोदावरी नगरपालिका र वाग्मती गापाको एक–एक वडामा काँग्रेस
मङ्गलबार, ०२ जेठ २०७४, १० : ४४
ललितपुर, २ जेठ । ललितपुरको गोदावरी नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली काँग्रेसको समूह विजयी भएको छ ।
अन्तिम मत परिणामअनुसार काँग्रेसका हरिकृष्ण कार्कीले वडा अध्यक्षमा एक हजार ३२४ मत प्राप्त गरेका भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामचन्द्र थापाले एक हजार २० मत प्राप्त गरेका छन् ।
त्यस्तै, वाग्मती गाउँपालिका–१ को अध्यक्षमा काँग्रेसको समूह विजयी भएको छ । काँग्रेसका जगत लोले अध्यक्षमा ४९० मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पुरुषोत्तम तिमिल्सिनाले ३१८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, वाग्मती गाउँपालिका–२ मा पनि काँग्रेसकै समूह विजयी भएको छ । वडा अध्यक्षमा काँग्रेसका विजय लोले ४८५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर भुलुनले २९६ मत प्राप्त गरेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण