दुईसय ६० भन्दाबढी स्थानीय तहमा मतगणना जारी
काठमाडौँ, २ जेठ । पहिलो चरणको स्थानीय तहको वैशाख ३१ भएको निर्वाचनका मतपेटिका संकलन गर्ने कार्य पूरा भएको छ ।
निर्वाचन आयोगका अनुसार, मतपेटिका सङ्कलन भएपनि मुलुकका सात वटा मतदान केन्द्रमा मतगणना सुरु हुन बाँकी नै रहेको छ । छ स्थानमा विभिन्न कारणले मतगणना र मतदान नै रोकिएको छ ।
काभ्रे र दोलखाको एक तथा कालीकोटको दुई स्थानमा भएको विवाद र झडपका कारण पुनःनिर्वाचनको माग भई आएकाले त्यसबारे छलफल भइरहेको जनाइएको छ ।
भक्तपुरको चाँगु–नगरकोटमा अन्य जिल्लाको केही मतपत्र प्रयोग भएका कारण पुनः मतदानको माग भएको हो । निर्वाचन आयोगमा हालसम्म विभिन्न स्थानीय तहका पाँच अध्यक्ष, चार उपाध्यक्षसहित १५८ जना निर्वाचित भएको आधिकारिक विवरण प्राप्त भएको जनाइएको छ ।
प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८१ स्थानमा भएको मतदानमा २६० भन्दाबढी स्थानमा भने मतगणना जारी रहेको आयोगले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण