मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ढिलो भएको गुनासो पछि काठमाडौँको गणनास्थलमा टोली थपिँदै

मङ्गलबार, ०२ जेठ २०७४, ११ : ३७
मङ्गलबार, ०२ जेठ २०७४
काठमाडौँ, २ जेठ । स्थानीय तहको निर्वाचनको मतगणनामा ढिलाइ भइरहेको गुनासो सम्बोधनका लागि गणनास्थलमा आजबाट थप टोली परिचालन हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माअनुसार ठाउँ र आवश्यकता हेरी टोली थप्ने अधिकार सम्बन्धित निर्वाचन अधिकृतलाई हुने भएकाले त्यस्तो प्रबन्ध गरी गणना कार्यमा चुस्तता ल्याउन निर्देशन दिइएको हो । आयोगले कर्मचारी अपुग वा अन्य समस्या भएमा पनि समाधान गर्ने जनाएको छ । स्थानीय तहको निर्वाचनको पहिलो चरणमा गत वैशाख ३१ मा विभिन्न तीन वटा प्रदेशमा तहतहका २८३ तहमा भएको निर्वाचनको गणना हाल भइरहे पनि परिणाम आउन ढिलाइ भइरहेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप