मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नवलपरासीको बुङ्दीकाली गाउँपालिका प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवार विजयी

मङ्गलबार, ०२ जेठ २०७४, ११ : ४०
मङ्गलबार, ०२ जेठ २०७४

नवलपरासी, २ जेठ । नवलपरासीको बुङ्दीकाली गाउँपालिकको प्रमुखमा नेपाली काँग्रेसका दुर्गाबहादुर रानाले तीन हजार १९१ मत ल्याई विजयी भएका छन्।

उपप्रमुखमा पनि काँग्रेसकै मायादेवी श्रेष्ठले तीन हजार १७३ मत ल्याई विजयी बनेकी छिन् ।

अध्यक्षमा रानाले एमालेका निकटतम प्रतिद्वन्द्वी श्यामसुन्दर श्रेष्ठलाई १५२ मतले पराजित गरेका हुन् । श्रेष्ठले तीन हजार ३९ मत प्राप्त गरेका थिए । उपप्रमुखमा काँग्रेसकै मायादेवी श्रेष्ठले एमालेका उम्मेदवार डिलकुमारी सारुलाई १६३ मत अन्तरले पराजित गरे । सारुले तीन हजार १० मत प्राप्त गरेका थिए ।

यस गाउँपालिकाको वडा नं १, ३ र ४ मा काँग्रेसको समूहले जितेको छ भने वडा नं २, ५ र ६ एमालेले समूहले जितेको छ । बुङ्दीकाली गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित १७ स्थान नेपाली काँग्र्रेस र १५ स्थान नेकपा एमालेले विजय हासिल गरेको छ ।

गाउँपालिकको प्रमुखमा निर्वाचन जितेका राना हाल नेपाली काँग्रेस नवलपरासी क्षेत्र नं २ का क्षेत्रीय सभापतिसमेत हुन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप