मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चलचित्र संघको इटहरीमा शाखा र भवन एकै पटक

मङ्गलबार, ०२ जेठ २०७४, ११ : ४२
मङ्गलबार, ०२ जेठ २०७४
काठमाडौं, जेठ २ –चलचित्र प्रदर्शक र बितरकहरुको साझा संगठन ‘नेपाल चलचित्र संघ’को इटहरीमा साखा बन्ने भएको छ । चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले आइतबार इटहरी शाखाका लागि निर्माण हुने २ तले भवनको शिल्यान्याँस गरे । ईटहरीमा आयोजित पूर्वाञ्चल भेलासँगै संघको १ कठ्ठामा बन्ने दुई तले पक्की भवनको शिल्यान्यास गरिएको हो । कार्यक्रममा चलचित्र संघका पूर्व अध्यक्ष राजकुमार पोखरेल तथा संघका पूर्वाञ्चल सभापती चैतन्य बराल लगायतको उपस्थिती थियो । २० वर्ष अगाडि किनेको जग्गामा पूर्वाञ्चल क्षेत्रमा रहेका आफ्ना सदस्यहरुलाई प्रोत्साहन गर्ने तथा संघलाई अझ बलियो बनाउने उदेश्यले संघको पूर्वाञ्चल भेला सहित भवन निर्माण प्रक्रिया अगाडि बढाएको अध्यक्ष उदयले बताए । ५० लाखको लागतमा बन्न लागेको भवन १ बर्षभित्र निर्माण हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप